बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु


बाँके, वैशाख २९ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज रातभरीमा मात्रै ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका, दुई जना बर्दियाका र दुई जना दाङका छन् ।
यीसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको २ सय १३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, बाँकेका विभिन्न अस्पतालहरुमा उपचारका लागि बाह्य जिल्लाबाट आएकामध्ये एक सय ६३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा भेरी अस्पताल नेपालगन्जमा मा ३ जना छन् भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जनाको मृत्यु भएको छ।
प्राप्त विवरणअनुसार मृत्यु हुनेमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षीया महिला, बैजनाथ–६ बाँकेका ६४ वर्षीया पुरुष, डुडुवा–३ बाँकेकै ५० वरर्षीया महिला, बाँकेकै नरैनापुर–५ का ४२ वर्षीया पुरुष र नेपालगन्ज–१२, बाँकेकी ७५ वर्षीया महिला छन् ।
यस्तै, राजापुर–६ बर्दियाकी ५६ वर्षीष महिला, गुलरिया–८ बर्दियाकै ३२ वर्षीष महिला, तुलसीपुर–६, दाङका ४३ वर्षीया पुरुष र तुलसीपुर–५ दाङकै ३५ वर्षीया महिला छन् । उनीहरुको राति उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पसन तेज ओलीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्