November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

बिदामा पनि आकस्मिकसहितका स्वास्थ्य सेवा सञ्चालन हुने

Advertisement

भैरहवा–भिम अस्पताल भैरहवाले दसैँ बिदाको बेलामापनि अत्यावश्यक स्वास्थ्य सेवाहरू सञ्चालन गर्ने जनाएको छ ।

Advertisement

बुधवार अस्पतालले बुधवार सूचना जारी येही असोज ३१ गतेदेखि कार्तिक ८ गतेसम्म बिदा रहने भए पनि अस्पतालबाट प्रदान गरिने ओपीडि सेवा बाहेकका अत्यावश्यक स्वास्थ्य सेवाहरू सञ्चालन गर्ने जानकारी गराएको हो ।

सूचनाअनुसार बिदाको अवधिमा कुकुरको टोकाइविरुद्ध लगाइने एआरभी (एन्टी रेविज भ्याक्सिन) खोप सेवा अस्पतालको आकस्मिक सेवा विभागमार्फत सञ्चालन हुनेछ ।

सामाजिक सेवा इकाईबाट प्रदान गरिने सेवाहरू अस्पतालको काउन्टरमार्फत उपलब्ध हुनेछन् । अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) बाहेक अन्य नियमित स्वास्थ्य सेवाहरू भने यथावत् सञ्चालन हुने जनाएको छ ।

बिदाको समयमा कुनै स्वास्थ्य समस्या देखिएमा वा आकस्मिक उपचार आवश्यक परेमा अस्पतालको आकस्मिक सेवा विभागमा सम्पर्क गर्न पनि अस्पतालले सम्पूर्ण सेवाग्राही तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।