October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

भोटेकोशी बाढीपछि लुम्बिनीमा २५८ जना बेपत्ता

Advertisement

भैरहवा–भोटेकोशी नदीमा आएको बाढीपछि लुम्बिनी प्रदेशमा २५८ जना नागरिक सम्पर्कविहीन रहेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ ।

Advertisement

लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी बर्दियाका नागरिक छन् । बर्दियाबाट मात्रै ९१ जना अझै सम्पर्कमा आएका छैनन् ।

रुपन्देहीका ४२, दाङका ३५, रोल्पाका २७, बाँकेका २१, रुकुमपूर्वका १४, पाल्पाका ११, प्युठानका १०, अर्घाखाँचीका ९, गुल्मीका ८, पश्चिम नवलपरासीका ६ र कपिलवस्तुका ४ जना सम्पर्कविहीन रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

बाढीपछि नारायणी नदीको किनारबाट मात्रै १६३ वटा शव तथा मानव अङ्ग फेला परेको मन्त्रालयले जनाएको छ । फेला परेकामध्ये १२० वटा पूर्ण शव छन् । ४३ वटा मानव अङ्ग रहेका छन् ।

भोटेकोशी बाढीमा परेर बगाउँदै पश्चिम नवलपरासीको नारायणी नदी किनार तथा बगाउँदै भारततर्फ पुर्याएका शवहरु लुम्बिनी प्रदेशका आठवटा अस्पतालमा राखिएका छन् । जिल्ला अस्पताल नवलपरासीमा ४०, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ३१, पिपरा अस्पताल कपिलवस्तुमा ६ र भैरहवास्थित मेडिकल कलेजमा ६ वटा रहेका छन् । भैरहवास्थित भीम अस्पतालमा ३, पाल्पाको पाल्पा अस्पताल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा गरी ८ वटा शव रहेका छन् ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा फेला परेका ४५ वटा शव तथा मानव अङ्गको व्यवस्थापन गरी अन्त्येष्टि गरिएको छ । व्यवस्थापन गरिएकामध्ये १९ वटा पूर्ण शव र २६ वटा मानव अङ्ग रहेका छन् ।
बाढीमा मृत्यु भएका गोरखा, धादिङ र काभ्रेका ३ वटा शवको लुम्बिनी प्रदेशमै सनाखत भएको छ । सनाखतपछि ती शव सम्बन्धित परिवारलाई बुझाइएको छ ।

सम्पर्कविहीन नागरिकको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।