अध्यक्षमा राणा सहित राप्रपा रुपन्देहीको नयाँ कार्यसमितिको निर्बिरोध चयन


भैरहवा–राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीको आइतवार सम्पन्न सातौं जिल्ला अधिवेशनले सागर प्रताप राणाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमितिको निर्बिरोध चयन गरेको छ ।
नयाँ कार्यसमितिको सदस्यमा बिक्रम केसी, आबिदअलि पठान, चुन्नप्रसाद पौडेल, जितेन्द्र केसी खड्का, पद्मा कुमारी थापा, तुफेल पठान, गुमानसिंह सोनी, छेदीलाल श्रीबास्तव, नरेन्द्र थापा, भीमप्रसाद पाण्डे, प्रदीप कुमार कसौधन, शिला पासी, दिननाथ अहिर यादव, ज्ञानेन्द्र श्रेष्ठ, ओमप्रकाश चौधरी कुर्मी, रामबहादुर थापा, प्रेमबहादुर भण्डारी, खोमबहादुर सिंह, उमादेवी खवास, शिबकान्ति चमार निर्बिरोध निर्बाचित भएका छन् ।
यसैगरी, रफिक साह, मुक्तिनाथ यादव, अहमद अलि साह, रबिन्द्र कुमार पाण्डे, सलमान अहमद खाँ, इशान भण्डारी, शंकर खत्री, राधिका पाण्डे, नाजिर अलि, सनोज कुमार यादव, अरुणा हमाल ठकुरी, हरिबहादुर केसी, राजेन्द्रप्रसाद साहनी, पम्फा कुमारी कुँवर, दिलीप बहादुर खत्री तिवारी, मनमोहन न्यौपाने, राजेश कुमार ढकाल, रामु बराइ, शाहरुख पठान, जगत बहादुर खत्री क्षेत्रीपनि निर्बिरोध निर्बाचित भएका छन् ।
राप्रपा रुपन्देहीका निबर्तमान उपाध्यक्ष अजयकुमार गुप्ताले राप्रपाको केन्द्रदेखि जिल्ला तहसम्मको नेतृत्वमा कुल पदाधिकारी सँख्याको दुई तिहाइ निर्बाचित हुने र बाँकी पदमा अध्यक्षले मनिनित गर्ने प्राबधान रहेको पब्लिककुरासँग बताए ।
उनका अनुसार, कार्यसमितिको पदाधिकारीमा एकजना महिला उपाध्यक्ष अनिबार्य सहित तीनजना उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष, एकजना सहसचिव र एकजना सहकोषाध्यक्ष रहने गर्छ । कार्यसमितिको बाँडफाँडपनि अध्यक्षबाट नै हुने गर्छ ।
‘जिल्ला कार्यसमितिको बाँकी अन्य पदमा चाँडै न मनोनित हुन्छहोला’ गुप्ताले भने, ‘सम्भवत पदस्थापन समारोहमा मनोनित र कार्यसमितिको बाँडफाँडको काम हुनसक्छ ।’








प्रतिकृया दिनुहोस्