August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

ओली र लेखक पक्राउ, एमालेको विरोध सुरु, काँग्रेस अझै मौन

Advertisement

भैरहवा– नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा एमालेले प्रदर्शन सुरू गरेको छ ।

Advertisement

ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । प्रहरीले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ ।

सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूले प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाइरहेका छन् । लेखक पक्राउ बारे काँगेसले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन ।