June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

नाँच्दै र गाउँदै मतदाता फकाउँदै एमाले उम्मेदवार घिमिरे

Advertisement

भैरहवा – निर्वाचनको रौनक बढ्दै जाँदा रुपन्देही क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार बासुदेव घिमिरेको चुनावी शैली यतिबेला चर्चाको विषय बनेको छ । परम्परागत भाषणबाजी भन्दा मतदाता फकाउन घिमिरेले फरक शैली अपनाएका छन् ।

Advertisement

घरदैलोका क्रममा जनताको आँगनमा नाँच्दै र गाउँदै मत मागिरहेका भेटिन्छन् । विभिन्न क्षेत्रमा जारी घरदैलो कार्यक्रममा घिमिरेलाई स्थानीयले भव्य स्वागत गरिरहेका छन् । मतदाताको उत्साहजनक समर्थनबाट हौसिएका घिमिरेले पनि अहिले स्थानीय बासिन्दासँगै नाँचगानमा सरिक भई आत्मीयता साटासाट गरिरहेका छन् । जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धतासहित उनी टोल–टोलमा पुगिरहेका हुन् ।

एमालेले यसपटक आफ्नो चुनावी प्रचारलाई शालिन र भद्र बनाउने रणनीति लिएको देखिन्छ । तामझाम भन्दा पनि कार्यकर्ता र मतदाताको मन जित्ने गरि एमालेले आफ्ना गतिविधि अगाडि बढाएको छ ।

मत जोगाउन र थप्नका लागि स्थानीय स्तरका कार्यकर्ताहरूलाई नै अग्रपंक्तिमा सारिएको छ । भने स्थानीय कमिटीका कार्यकर्तालाई प्रत्येक वडा र टोलमा खटाएर मतदातासँग प्रत्यक्ष संवाद अगाडि बढाइएको छ । गीत–संगीत र स्थानीय संस्कृतिलाई जोडेर चुनाव प्रचारलाई रोचक बनाइएको छ ।

स्थानीय कार्यकर्ता वडा–वडामा सक्रिय भएपछि चुनावी माहोल झनै तातिएको छ । एमालेले आफ्नो ‘कोर’ मत जोगाउन स्थानीय कमिटीलाई पूर्ण रूपमा परिचालन गरिएको एमाले नेतृ लक्ष्मी केसीले जनाइन् ।