June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

मर्चवार विकासका लागि सारथि एमाले उम्मेदवार यादव

Advertisement

भैरहवा – रुपन्देहीको क्षेत्र नम्बर–४, भूगोल र सम्भावनाले सम्पन्न भएपनि विकासका आधारमा पछाडि परेको छ । यसरी पछाडि परेको क्षेत्रको आधुनिक विकासको लक्ष्य सहित रुपन्देही–४, मा एमालेबाट प्रमोद कुमार यादव उम्मेदवार बनेका छन् । यादवको उम्मेदवारी र व्यापक जन समर्थनले रुपन्देहीका मर्चवार लगायत क्षेत्रमा अहिले चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ ।

Advertisement

कांग्रेस राजनीतिबाट लामो अनुभव संगालेका र अहिले एमालेबाट उम्मेदवार यादव यतिबेला मर्चवारका घर–घरमा विकासको नयाँ एजेन्डा बोकेर पुगिरहेका छन् । पूर्व सांसद समेत रहेका यादवको चुनावी अभियान जति आक्रामक हुनुका साथै उत्साहजनक समर्थन मिलिरहेको छ ।

घरदैलोका क्रममा मतदातासँग संवाद गर्दै यादवले यसअघि पनि आफूले यस क्षेत्रका लागि थुप्रै काम गरेको र बाँकी रहेका ठूला योजना पूरा गर्न यसपटक ’सुर्य’ चिह्नमा मतदान गर्न आग्रह गरिरहेका छन् । ‘मर्चवारले आश्वासन धेरै पायो, अब परिणाम खोजेको छ,’उनले भने, ‘यहाँका माटो र मान्छेसँग भिजेको व्यक्ति हुँ, त्यसैले यहाँका समस्याको समाधान म सँगै छ ।’

यादवले यसपटक मर्चवारको कायापलट गर्नका लागि २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् । उक्त प्रतिवद्धता पत्रमा मर्चवार क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गरी विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै पु¥याउने, उच्च शिक्षाका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न यस क्षेत्रमा कलेज र प्राविधिक शिक्षालयको स्थापना गर्ने, स्थानीय कृषि उत्पादनमा आधारित उद्योगहरू सञ्चालन गरी युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने योजना उल्लेख छन् ।

युवाहरूको शारीरिक र मानसिक विकासका लागि अत्याधुनिक खेलग्राम निर्माण गर्ने जनाएका छन् । आफ्नो क्षेत्रका मर्चवारी, सम्मरीमाई र मायादेवी गाउँपालिकाका विभिन्न वडामा पुग्दा यादवलाई स्थानीयले फूलमाला र अबिरले भव्य स्वागत गरिरहेका छन् । २०७४ मा यसै क्षेत्रबाट निर्वाचित भई काम गरेको अनुभव र जनतासँगको निरन्तर सम्पर्कले गर्दा यादवप्रति मतदाताको विश्वास बलियो देखिएको छ ।