June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि विकासका खम्बा–एमाले उम्मेदवार घिमिरे

Advertisement

भैरहवा–एमाले रुपन्देही–३ का उम्मेदवार वासुदेव घिमिरेले आफ्नो क्षेत्रको सन्तुलित र योजनाबद्ध विकासका लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य खम्बा मानेका छन् । चुनावी अभियानका क्रममा घिमिरेले यस क्षेत्रको विकास मार्गचित्र प्रस्तुत गरेका छन् ।

Advertisement

घिमिरेले भौतिक पूर्वाधार र सडक सञ्जालको विस्तारलाई प्राथमिकता दिएका छन् । सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका र बुटवल उपमहानगरपालिकाका वडालाई जोड्ने गरी सडक सञ्जालको बिस्तारको गुरुयोजना अगाडि सारेका छन् । आफ्नो प्रतिवद्धता पत्रमा उनले बेलबास–पत्थरगञ्ज–मैनहिया सडक र पत्थरडाँडा–तिनाउ सडक निर्माणलाई शीघ्र सम्पन्न गर्ने जनाएका छन् ।

सेमलार इमिलिचोक सडक, मोतिपुर–कृष्णगञ्ज सडक र ओमसतियादेखि सियारी जोड्ने सडक कालोपत्रे जनाएका छन् । कोटिहवा–सुपौली–तिनाउ सडक र तिलोत्तमा–१४ को बनकट्टी–टिकुलिगढ सडकको स्तरोन्नति गरेर यातायात सहज बनाउने बताएका छन् । शिक्षालाई सीपसँग जोड्न घिमिरेले विशेष योजना ल्याएका छन् । टिकुलिगढको जनता मावि र फर्साटिकर माविलाई बहुप्राविधिक शिक्षालयका रूपमा विकास गर्ने जनाएका छन् । पक्लिहवा कृषि क्याम्पसलाई स्नातकोत्तर तहको शिक्षण संस्था बनाउने र बुटवल–१५ को नवरत्न माविमा बीएसी एजी कक्षा सञ्चालन गर्न पहल गर्ने जनाएका छन् ।

आफ्नो प्रतिवद्धता पत्रमा मदरसा, गुरुकुल र वेदवेदाङ्ग विद्यापीठको संरक्षण गर्दै तिनको भौतिक र शैक्षिक गुणस्तर सुधार गर्ने योजना अगाडि सारेका छन् । स्वास्थ्य सेवामा सुधार र अस्पतालको स्तरोन्नति अन्तर्गत जनताको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने प्रतिवद्धता जनाएका छन् । यस अन्तर्गत भैरहवास्थित भीम अस्पताललाई थप विशेषज्ञ सेवा सहितको अत्याधुनिक अस्पतालमा स्तरोन्नति गर्ने जनाएका छन् ।

मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालको रूपमा विकास गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र झन्झटमुक्त बनाउन नीतिगत सुधार गर्ने जनाएका छन् । कृषि प्रधान क्षेत्र भएकाले किसानको आयआर्जन बढाउन घिमिरेका ठोस योजना रहेका छन् । बुटवल–१५ मा शीत भण्डार सहितको अत्याधुनिक कृषि उपज केन्द्र निर्माण गरी बजारीकरणको ग्यारेन्टी गर्ने, उत्पादनका आधारमा कृषि अनुदान दिने र कृषि तथा मत्स्य पकेट जोनहरूलाई व्यवस्थित गर्ने र परम्परागत कुलो प्रणालीलाई व्यवस्थित गर्दै नहर नपुग्ने ठाउँमा डिप ट्युबवेल मार्फत सिँचाइ सुविधा पु¥याउने जनाएका छन् ।

पर्यटनलाई रोजगारीसँग जोड्न उनले ऐतिहासिक र धार्मिक स्थलहरूको विकासमा जोड दिएका छन् । यस क्षेत्रका धार्मिक र ऐतिहासिक पिकनिक स्पटलाई पर्यटन केन्द्रको रूपमा विकास गर्ने जनाएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीसँग यस क्षेत्रका सडक र सम्पदालाई जोडी आर्थिक लाभ लिइने योजना आफूले तयार गरेको जनाएका छन् ।