लुम्बिनीलाई केन्द्रमा राखेर क्षेत्रको सर्वपक्षीय विकासमा लाग्छुः एमाले उम्मेदवार भट्टराई


सैनामैना– नेकपा एमाले रुपन्देही–५ का उम्मेदवार खिमलाल भट्टराईले आफू उत्साहित भएको बताएका छन् । घरदैलोमा देखिएको जनलहरले आफू उत्साहित भएकने उनको भनाई छ । घरदैलो कार्यक्रमका क्रममा प्रत्येक क्षेत्रका नागरिकबाट अपेक्षाभन्दा बढी माया, समर्थन र भरोसा प्राप्त भएपछि आफू खुसी र उर्जावान बनेको भट्टराईले बताए ।
लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको सर्वपक्षीय विकासका लागि आफू लाग्ने र क्षेत्रको विकासका लागि सदनबाट समस्याको समाधान गरिने भन्दै आफू जनताको सुख र दुखमा सधै सँगै रहने जनाए । नेपालको राजनीतिमा नयाँ अनुहार नभए पनि खिमलाल भट्टराईको आम निर्वाचनको यात्रा पहिलो पटक हो । भट्टराईले राष्ट्रियसभामा रहँदा रुपन्देहीको क्षेत्र नं ५ को शिक्षा, खेलकुद सडक खानेपानी सिँचाई तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको स्थानीयको भनाई छ ।
विद्यालय भवन निर्माण, खेलकुद संरचना विकास र सामाजिक कार्यमा उनको सक्रिय भूमिकाको स्थानीयले खुलेर प्रशंसा गरेका छन् । यी योगदानका आधारम रुपन्देही ५ ले अबको नेतृत्व भट्टराईलाई दिनुपर्ने धारणा स्थानीयले व्यक्त गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीयले सक्षम, विकासमुखी र जेन–जी पुस्ताको भावना बुझ्ने युवा नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भट्टराईप्रति समर्थन जनाएका छन् । ‘अबको भोट युवा उम्मेदवार खिमलाल भट्टराईलाई’ भन्ने आवाज गाउँ–बस्तीमा गुन्जिन थालेको छ ।
स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दुःख, पीडा र अपेक्षालाई नजिकबाट बुझेका भट्टराईले यस क्रममा स्थानीयले पटक–पटक निर्वाचित भएका नेताहरूले केवल झुटा आश्वासन मात्रै दिएको गुनासो राख्दै अब नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।
उम्मेदवार भट्टराईले रुपन्देही ५ को समग्र विकासका लागि रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । जनतासँग प्रत्यक्ष संवादबाट प्राप्त सुझावलाई नै आफ्नो कार्ययोजनाको आधार बनाउने उनको भनाई छ । घरदैलो कार्यक्रमसँगै भट्टराईले जनताका समस्या संकलन गर्ने कामलाई पनि निरन्तरता दिएका छन् । कुन ठाउँमा के समस्या छ भन्ने विवरण डायरीमा टिप्दै सुकुम्बासी तथा अव्यवस्थित बसोवास ,खानेपानी, बाटोघाटो तथा सडक सञ्जालसम्बन्धी समस्या पहिचान गरिएको छ । निर्वाचित भए पनि नभए पनि जनताका समस्या समाधानका लागि सधैं सक्रिय रहने प्रतिबद्धता भट्टराईले व्यक्त गरेका छन् ।








प्रतिकृया दिनुहोस्