June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

लुम्बिनी मन्त्रिपरिषद् बैठकः वन ऐन संशोधन विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

Advertisement

दाङ– लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना स्वीकृत गरेको छ । यस्तै, आर्थिक वर्ष २०८२–०८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेश भएको ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

त्यस्तै, वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ । साथै, प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरिएको छ ।