बुटवलको विकासमा उज्यालोका उम्मेदवार पाण्डेले अघि सारे योजना


भैरहवा– उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार इन्जिनियर सुरज पाण्डेले बुटवलको समग्र विकासमा आफूले ध्यान केन्द्रित गर्ने जनाएका छन् । उनले बुटवललाई हरेक क्षेत्रमा अब्बल सावित बनाउने उयोजनासहित आफ्नो प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।
उनले आईटी उद्योग विस्तार गर्दै डाटा सुरक्षा, डिजिटल सेवा र रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको बताए । ‘उद्योगमैत्री सीप विकास गरी तालिम मार्फत योग्य र प्रतिस्पर्धी कार्यबल तयार गर्ने, होटल, रेष्टुरेन्ट, धार्मिक र प्रकृति पर्यटन विस्तार गर्ने मेरो योजना छ’, उनले भने ।
उनले क्षेत्र नम्बर २ को भौतिक विकास, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता राखेर आफूले काम गर्ने जनाएका छन् । ‘बुटवल अब पूर्वाधार विकाससँगै मानवीय विकासको फड्को मार्ने सहर बन्नुपर्छ’, उनले भने, ‘यसका लागि प्रविधिलाई पछ्याउँदै काम गर्नुछ । यसमा उज्यालो नेपाल पार्टी र म प्रतिबद्ध छौं ।’
उद्योग, व्यापार र सेवाका लागि आधुनिक भौतिक तथा डिजिटल पूर्वधार निर्माण गर्ने योजना उनले अघि बढाएका छन् । ‘अब आधुनिक पूर्वधार निर्माण मेरो प्राथमिकतामा रहनेछ’, उनले भने, ‘रोजगारी सिर्जना र युवा लक्षित कार्यक्तम पनि मैले ल्याउने छु ।’ उनले युवालाई उद्यमसँग जोड्नुपर्ने बताउँदै यसो हुँदा स्थानीय अर्थतन्त्र मजबुत मात्र हुँदैन । नयाँ नयाँ रोजगारीका अवसरहरु समेत सिर्जना हुने जनाए ।
पूर्वाधार, ऊर्जा, सीप, डिजिटल रूपान्तरण, स्वास्थ्य, पर्यटन र शिक्षामार्फत समृद्ध रुपन्देही निर्माणको स्पष्ट दृष्टिकोणसहित उज्यालो नेपाल पार्टीबाट रुपन्देही–२ मा आफू उम्मेदवार बनेबो उनले बताए ।
बजारको परिर्वतन अनुसार छिटो अनुकुलन हुने नीतिगत र संंस्थागत संरचनाको विकास पनि आफ्नो प्राथमिकतामा रहेको बताए । जलविद्युक्तलाई प्रविधि, मूल्य अभिबृद्धि र उद्योगसँग जोडेर आर्थिक मेरुदण्ड बनाउने उनको भनाई छ । स्वास्थ्यलाई सर्वसुलभ बनाउँदै गुणस्तरिय अस्पताल, मेडिकल कलेज र स्वासथ्य सेवा मार्फत क्षेत्रीय स्वास्थ्य केन्द्र बनाउन आफुले पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
साथै उनले विश्वस्तरीय शिक्षासँग जोडिँदैै विदेशी विश्वविद्यालयका क्याम्पस देशमा स्थापना गर्ने योजना अघि सारेको बताए । पेशाले मेकानिकल इन्जिनियर तथा सफल उद्योगपति रहेका पाण्डेले काठमाडौँ विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका छन् ।
त्यस्तै उनले इटालीमा इरास्मस छात्रवृत्तिमार्फत् मास्टर्स पूरा गरेका छन् । २७ वर्षकै उमेरमा तिलोत्तमा टिकुलिगढमा उद्योग स्थापना गरी हाइड्रो उत्पादन, सप्लाइ र वितरण मार्फत् १०० भन्दा बढीलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गर्न सफल पाण्डे रुपन्देही उद्योग संघका एसोसिएट सदस्यसमेत हुन् । ‘मेरो अनुभव, उर्जा र सीप यही क्षेत्रमा लगाउन चाहान्छु’, उनले भने, ‘यसका लागि क्षेत्रबासीले मलाई अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छ ।’
उनले हरेक दशकमा कर नीति परिवर्तन हुनुपर्नेमा जोड दिए । ‘हामीकहाँ कर मात्रै बढाएको बढायै गरिन्छ’, उनले भने, ‘करका दर बढाउनुपर्छ । कर घटाउनुपर्छ ।’ उम्मेदवार पाण्डेले विकास भनेको अर्थतन्त्रको विकास गर्ने खालको हुनुपर्ने बताए । ‘बुटवलमा पूर्वाधार विकास भए । तर, अर्थतन्त्रको विकास हुन सकेको छैन । अब, हाम्रो विकासले अर्थतन्त्र उकास्नुपर्छ ।’, उनले भने । उनले आफ्नो योजना ट्रली बस संचालन रहेको जनाए । बेलहिया र लुम्बिनी क्षेत्रमा ट्रली बस संचालन गर्न सके पर्यटकीय विकास र पर्यटकको सहजतामा कोशेढुंगा सावित हुने उनको भनाई छ ।








प्रतिकृया दिनुहोस्