June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

रास्वपाले रुपन्देही-३ मा लेखजंग जिताउन भण्डारीलाई बनायो चुनावी कमाण्डर

Advertisement

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवाका सफल युवा उद्यमी तथा राजनीतिकर्मी नारायणप्रसाद भण्डारीलाई रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी कमाण्डर बनाएको छ । यस क्षेत्रमा रास्वपाबाट न्युरो चिकित्सक डा.लेखजंग थापा उम्मेदवार छन् ।

Advertisement

आगामी फागुन २१ म हुने निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन पार्टीले निर्वाचन परिचालन समिति गठन गरेको हो । मंगलबार जिल्ला पार्टी कार्यालय, भैरहवामा बसेको बैठकले क्षेत्र नम्बर ३ (२) को निर्वाचन परिचालन संयोजकमा महेन्द्र उपाध्यायलाई जिम्मेवारी तोकेको छ । यस्तै, बैठकले निर्वाचन परिचालन समितिको सिफारिसमा १ हजार ८ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । यसको संयोजकमा पार्टीका क्षेत्रीय सभापति मधुप्रसाद अर्याल संयोजक छन् । उक्त समितिमा क्षेत्रीय कार्यसमिति, पालिका स्तरीय कार्यसमिति, वडा समिति र अन्य समायोजना भएका व्यक्तिहरु सदस्य रहनेछन् ।

यस्तै, पार्टीले आर्थिक समितिको संयोजकको जिम्मेवारी अमर खड्का, अनुगमन समिति संयोजकमा कृष्णप्रसाद भण्डारीलाई जिम्मेवारी तोकेको छ । यसैगरी बैठकले १३ वटा विभिन्न उपसमिति समेत गठन गरेको छ । उपसमिति संचालन तथा व्यवस्थापन गर्न पार्टीका नेता विनोद खरेललाई संयोजक तोकिएको छ ।

बैठकले माघ १४ देखि क्षेत्र अन्तर्गत रहेका ३६ वटै वडामा कार्यालय उद्घाटन गर्ने, वडाका विस्तारित बैठक आयोजना गर्ने र वडास्तरीय प्रचारप्रसार समिति समेत गठन गर्ने निर्णय गरेको छ ।