दाङ–१ मा बागी उम्मेदवार बनेका पूर्वमुख्यमन्त्री केसी नेकपाबाट निस्कासित


भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसीलाई निस्कासित गरेको छ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका केसीले आफूले पार्टीबाट टिकट नपाएपछि बागी उठेका थिए ।
केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि पार्टीले निस्कासन गरिदिएको हो । केसी पार्टीबाट टिकटका आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
दाङ १ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरी छन् । पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेकाहरुलाई अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।








प्रतिकृया दिनुहोस्