June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

रूपन्देहीमा कुनै पनि उम्मेदवारबिरुद्ध परेन उजुरी

Advertisement

भैरहवा– आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार रुपन्देही जिल्लामा उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारबिरुद्ध उजुरी तथा दावी बिरोध परेको छैन ।

Advertisement

रुपन्देही जिल्लामा रहेका पाँचवटा निर्बाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ सय ५७ जना उम्मेदवारले मंगलवार मनोनयन दर्ता गराएका थिए । रुपन्देहीका मुख्य निर्बाचन अधिकृत अशोककुमार बस्नेतले रुपन्देहीका पाँचवटै निर्बाचन क्षेत्रमा उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारको मनोनयनपत्रमाथि कुनै किसिमको उजुरी तथा दावी बिरोध नपरेको पब्लिक कुरासँग बताए ।

उनका अनुसार, उम्मेदवारको मनोेनयन बारेमा कुनै उजुरी तथा दाबी बिरोध गर्नु पर्ने भए बुधवार समय थियो । बिहीवार, उम्मेदवारीमाथि परेको उजुरी तथा दाबी बिरोधका वारेमा सुनुवाइ गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । भने, शुक्रवार राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह बितरण गर्ने कार्यक्रम छ ।

१ लाख ४६ हजार ८ सय २४ मतदाता सँख्या रहेको रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । १ लाख ३५ हजार ५० मतदाता सँख्या रहेको रुपन्देहीको क्षेत्र नम्बर २ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ४१ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । १ लाख ४ हजार ३५ मतदाता सँख्या रहेको रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ३६ जना उम्मेदवार छन् ।

यसैगरी, १ लाख १६ हजार १ सय ७२ मतदाता सँख्या रहेको रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ४ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २२ जना उम्मेदवार छन् । १ लाख ३४ हजार ४ सय ४२ मतदाता सँख्या रहेको रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ५ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २७ जना उम्मेदवार छन् ।