June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

रूपन्देहीमा उत्साहपूर्वक मनोनय दर्ता

Advertisement

भैरहवा- रुपन्देहीमा उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र तथा दलका उम्मेदवारले मंगलबार मनोनयन दर्ता गरेका हुन् ।

Advertisement

पाँच निर्वाचन क्षेत्र रहेको जिल्लाका सबै क्षेत्रमा प्रमुख दल काँग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपा, जनमत, जसपा नेपाल लगायत दलले मनोनयन दर्ता गरेका छन् । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले शान्तिपूर्वक रुपमा उम्मेदवारी दर्ता भएको जनाए ।

‘सबै दल र स्वतन्त्ररुपमा पनि पाँचवटै क्षेत्रमा मनोनयन भएको छ’, उनले भने, ‘निकै उत्साहका साथ मनोनयन हुँदा सबै उत्साहित छौं ।’ उनले निर्वाचन हुँदैन की भन्ने आशंकाहरु पनि मनोनयसँगै सकिएको बताए । ‘अब, मुलुक निर्वाचनमा होमियो’, उनले भने, ‘निर्वाचनलाई उत्सवका रुपमा मनाउनुपर्छ ।’

मंगलबार बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म निर्वाचन आयोगले मनोनयनको समय तोकेको थियो । यो समयमा दल र स्वतन्त्रले सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।