June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

कपिलबस्तुका कनौडियाले पाए एमाले प्रवेश गरेकै दिन टिकट

Advertisement

कपिलवस्तु– नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिसमा परेका वीरेन्द्रकुमार कनौडियाले नेकपा एमालेको टिकट लिएका छन् । उनी शनिबार मात्र एमाले प्रवेश गरेका थिए । कनौडिया एमालेमा प्रवेश गरेकै दिन प्रतिनिधिसभा सदस्यको लागि पार्टीबाट टिकट पाएका हुन् ।

Advertisement

पछिल्लो पटक कांग्रेसमा बढीरहेको विवादले उनी अर्कै दलमा प्रवेश गर्ने चर्चा थियो । विशेष महाधिवेशनबारे काँग्रेसमा विवाद छ । यहीबीच कनौडिया एमाले प्रवेश गरेका हुन् । शनिबार एमाले प्रवेश गरेका उनलाई शनिबारै साँझ नेकपा एमालेले कपिलवस्तु क्षेत्र नम्बर ३ मा टिकट दिएको हो ।

पार्टी प्रवेशपछि उनले कांग्रेस जिल्लाको किचलोमा फस्नु भन्दा एमालेमै रहन उचित लागकोले पार्टी प्रवेश गरेको प्रतिक्रिया दिएका थिए । कनौडिया यसअघि प्रदेश सभामा कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेतासमेत रहेका थिए ।