नेपाल डेरी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः न्यौपाने


बुटवल– नेपाल डेरी एसोसिएसन (संघ) लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः थानेश्वर न्यौपाने चयन भएका छन् । संस्थाको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो ।
बुटवलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कमलप्रसाद भुसाल, सचिवमा विजय सापकोटा, कोषाध्यक्षमा लेखनाथ भण्डारी, सहसचिवमा लीलाराम भुसाल (एलआर) निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरूमा सन्दीप जैसवाल, लोकराज पोखरेल, काशीराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदिप न्यौपाने, नवराज सापकोटा निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।
यसअघि अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै नेपाल डेरी एसोसिएसन संघका केन्द्रीय पूर्वअध्यक्ष मेघराज भण्डारीले डेरी व्यवसायमा ६ लाख किसान आबद्ध रहेको तथा १ अर्ब भन्दा बढी राजश्व तिर्ने भए पनि उचित नीति नहुँदा समस्यामा परेको जनाए । नेपालको कुल ग्राहस्थ उत्पादनमा डेरी क्षेत्रको योगदान ९ प्रतिशत रहेको उनको भनाई छ ।
उद्योगका रुपमा हेर्दा ग्लोबल डेरी सबैभन्दा ठुलो लगानीमा स्थापना भएको छ । यसबाहेक २ सय बढी डेरीहरु छन । लुम्बिनीमा १ हजार बढी डेरीहरु रहेका छन् । दैनिक कुल उत्पादनको करिब ५ लाख लिटर दुध डेरी उधोगमार्फत बजारमा बिक्री हुँदै आएको जनाएको छ।








प्रतिकृया दिनुहोस्