बजार व्यवस्थापन हुन नसक्दा दुर्घटनाको जोखिम


बुटवल– रुपन्देहीको देवदह खैरेनीमा शुक्रवार विहान लाग्दै आएको तरकारी बजार व्यवस्थापन हुन नसक्दा दुर्घटनाको जोखिम मोलेर स्थानीय व्यवसाय गर्न वाध्य भएका छन् । शुक्रवार विहान बाटोमा लाग्दै आएको तरकारी बजारलालई तत्काल व्यवस्थापन नगरे कुनै दिन दुर्घटना हुन सक्ने स्थानीयवासीको भनाई छ ।
यहाँ लाग्दै आएको तरकारी बजारले देवदह नगर अस्पताललाई समेत समस्या परेको स्थानीय युवराज डिसाले बताए । डिसाका अनुसार कहिलेकाही तरकारी बजारका कारण अस्पताल अगाडि पार्किङ गर्दा विरामी आउँदा समस्या हुने गरेको छ । पाल्पा माथागढीका किसानहरुले देवदहको खैरेनी हाईवेमा दुर्घटनाको जोखिम मोलेर व्यवसाय गर्न वाध्य भएका हुन् । सडकै बजार संचालन हुँदा यसले सर्वसाधरण, सवारीचालक र स्थानीयलाई समस्या भएको छ भने दुर्घटनाको जोखिम छ ।
शुक्रवार विहान लाग्ने तरकारी बजारमा पाल्पाको अर्गानिक तरकारीको नाममा विषादी प्रयोग गरेको तरकारी समेत विक्रि वितरण हुँदै आए पनि सम्वन्धित निकाय भने मौन देखिन्छ ।
पाल्पाका किसानहरु विहानै आएर हाईवेमा बसेर जोखिम मोलेर तरकारी विक्रि वितरण गरिरहँदा समेत सम्वन्धित निकायले त्यसलाई व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको भनाई छ । तरकारी बजारमा अर्गानिक भन्दा बढि विषादी प्रयोग गरिएको तरकारी आउने गरेको हाटबजार व्यवसायी संघ देवदहका अध्यक्ष मनीप्रसाद भण्डारीको भनाई छ ।
देवदह नगरपालिका बजार अनुगमन समितिका संयोजक कृष्णप्रसाद अधिकारीले दुर्घटनाको जोखिम मोलेर व्यवसाय गर्नेहरुलाई व्यवस्थापन गर्न नगरपालिका लागिरहेको बताए । संयोजक अधिकारीका अनुसार शुक्रवार विहान लाग्दै आएको बजारमा अर्गानिक भन्दा बढि विषादी प्रयोग गरिएको तरकारी आउँछ भनेर गुनासो आइरहेको छ, त्यसको परीक्षणको लागि नगरपालिकाले तयारी गरिरहेको छ ।
पालिकासँग विषादी परीक्षण गर्ने प्रविधि नभएका कारण खाद्य तथा गुण नियन्त्रण कार्यालयसँग समन्वय भइरहेको अधिकारीले बताए । देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेलले बाटोमा लाग्दै आएको तरकारी बजारलालई तत्काल व्यवस्थापन गरेर जाने बताए । बाटोमा नभई लोकेश्व मन्दिर भन्दा उत्तर पश्चिमा व्यवस्थापन गर्ने गरी समन्य भइरहेको उनले जनाए ।








प्रतिकृया दिनुहोस्