September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

लुम्बिनी न्युज फेस्टिवलले नेपाल-भारतको सम्बन्धमा महत्वपूर्ण भूमिका खेल्छ: मूख्यमन्त्री

Advertisement

लुम्बिनी- लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो समाचार महोत्सव (लुम्बिनी न्युज फेस्टिवल) को मूल समारोह उद्घाटन भएको छ । रुपन्देहीस्थित लुम्बिनी प्रेस क्लबको आयोजनामा तीन दिन सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका सञ्चारकर्मीको सहभागिता छ । यसअघि २०७६ र २०८० सालमा फेीस्टवल आयोजना गरिएको थियो । कार्यक्रममा भारतबाट ४० जना पत्रकार सहभागी भएका छन् । काठमाडौंबाट आधा दर्जन अग्रज पत्रकार सहभागी भएका छन् । कार्यक्रममा भारतका सिक्किम, नयाँ दिल्ली, लखनऊ, अयोध्या, काशी, गोरखपुर, महाराजगन्जबाट स्थानीय र राष्ट्रिय स्तरका पत्रकार सहभागी छन् ।

Advertisement

कार्यक्रममा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले कार्यक्रमले नेपाल र भारतको पर्यटकीय सम्भावना, सांस्कृतिक र धार्मिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । मुख्यमन्त्री आचार्यले नेपाल र भारत बीचको सम्बन्धलाई थप बलियो बनाउन दुबै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको जनाए ।

मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सिर्जना गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो । आचार्यले यो फेस्टिवलले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मिडियाबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुन सक्ने भन्दै सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उनको भनाइ छ । सम्मेलन र संवादले सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताए ।

दुवै देशको सहअस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको बताए । लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा फेस्टिभलका बहसले नयाँ दिशा दिने जनाए ।

कार्यक्रमको पूर्वसध्यामा लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकन गर्नुका साथै दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, गोरखपुर प्रेस क्लबका पूर्व अध्यक्ष माकण्र्डेमणि त्रिपाठी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे लगायततले बोल्दै पत्रकारिताको समग्र बिकासका लागि काम गर्नुपर्ने बताए ।