June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

माइती नेपालद्वारा २ सय १ जना महिला तथा किशोरीको सिमाबाट उद्धार

Advertisement

भैरहवा–माइती नेपाल आवधिक गृह भैरहवाले सन् २०२५ को दिशेम्बर २५ सम्ममा बेचिबिखनको जोखिममा परेका २ सय १ जना महिला तथा किशोरीलाई रुपन्देहीको बेलहिया सिमा नाकाबाट उद्धार गरेको छ ।

Advertisement

माइती नेपाल, चेलीबेटी तथा बालवालिका बेचबिखन बिरुद्ध कार्यरत गैर सरकारी सँस्था हो । उक्त सँस्थाले भैरहवामा बेचबिखनको जोखिममा परेका महिला तथा बालवालिकाको सिमानामा निगरानी, बेचबिखनको रोकथाम, बेचिएकाको उद्धार, र घरपरिवार तथा समाजमा पिडीतलाई पुनस्र्थापना लगायतको कार्य गर्दै आइरहेको छ ।

शुक्रवार भैरहवामा बार्षिक समीक्षा कार्यक्रमको आयोजना गर्दै माइती नेपाल भैरहवाकी प्रमुख माँया क्षेत्रीले सन् २०२५ को दिशेम्बर २५ सम्ममा बेलहिया–सुनौली सिमा नाकाबाट २ सय १ जना महिला तथा किशोरीको उद्धार गरिएको जानकारी दिइन् । ‘उनीहरु बिभिन्न कारण देखाउँदै भारत जाने क्रममा थिए र बेचबिखनको उच्च जोखिममा थिए’ क्षेत्रीले भनिन्, ‘उद्धार गरिएको उक्त सँख्यामध्ये १८ बर्ष मुनिका ७२ जना र त्यसभन्दा माथिका १ सय २९ जना छन् ।’

उद्धार गरिएकामध्ये २६ जना रुपन्देही जिल्लाको विभिन्न पालिकाका रहेको र अन्य सिन्धुली, काभ्रेप्लाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, धादिङँ लगायत्का जिल्लाका रहेको उनले जनाइन् । जसमध्ये, मायाँदेबी का ४, देवदह नगरपालिकाका ४, रोहिणी, कञ्चन र बुटवलका ३–३ जना, सैनामैना, गैंडहवा का २–२ जना र सिद्धार्थनगर, सम्मरीमाइ, सियारी, ओमसतिया र तिलोत्तमाका एक–एक जनाको उद्धार गरिएको हो ।

यस अवधिमा माइती नेपाल भैरहवाले भारतको विभिन्न ठाउँबाट ३ जनाको उद्धार गरेको छ भने १२ हजार ८ सय ९५ जना महिला तथा किशोरीलाई सिमा नाकामा बेचबिखनका वारेमा प्रशिक्षण दिएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको इकाइबाट १ हजार १९ जनालाई बेचबिखनका वारेमा सचेतना दिइएको छ । यसैगरी, यस अवधीमा खोजतलास सम्बन्धी २४ वटा निवेदन सँस्थामा आएको र जसमध्ये १२ जना फेला परेको र घरेलु हिंसा सम्बन्धि १० वटा निवेदन परेको माइती नेपाल भैरहवाकी प्रमुख क्षेत्रीले बताइन् ।

उनका अनुसार, यस अवधीमा २ हजार ७ सय ९७ वटा सार्वजनिक यातायातका साधनमा चेकजाँच तथा निगरानी गरिएको छ । उद्धार गरिएकामध्ये ४६ जनालाई सिमानाकाबाटै सिधै घर पठाइएको छ । ‘बेचबिखनको जोखिममा परेकाको वारेमा सूचना पत्ता लगाउन कतिपय बसका चालक तथा कर्मचारीसँग यस वारेमा समन्वय गर्ने गरेका छौं’ क्षत्रीले भनिन्, ‘उद्धारका लागि नेपाल र भारतीय सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने गरेका छौं ।’

बेचबिखनको जोमिममा पर्नुको मुख्य कारणमा अधिकाँशको अहिलेपनि गरिवी, बेराजगारी, सामाजिक सञ्जालको प्रयोगबाट मायाँ प्रेममा परेर नक्कली बिवाह, नेटवर्किङ व्यवसाय र आकर्षकक तलवको प्रलोभनमा मसाज, डान्स वारमा काम गर्ने चाहना छन् ।

‘यस सम्बन्धी जनचेतनाको अभाव, घरेलु हिंसा, तिनै तहका सरकारसँग यस वारेमा स्पष्ट योजना निती र बजेट अभाव, तथ्याँक नहुनु, अनुगमन प्रभावकारी नहुनुले बिचबिखन कार्यलाई निरुत्साहित गर्न चुनौती देखिएको छ’ क्षेत्रीले भनिन्, ‘बेचबिखनमा सँलग्न हुने अधिकाँश नातेदार तथा चिनेको छरछिमेक नै हुने भएकाले पिडीतले उनिहरु बिरुद्ध उजुरी तथा मुद्धा दिन नचाहनुपनि अर्को चुनौती हो ।’