क्रिसमसले सार्वभौमिक मूल्यहरूलाई बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य


दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस–डेको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत् मुख्यमन्त्री आचार्यले क्रिसमसले प्रेम, करुणा, सहिष्णुता र मानवता जस्ता सार्वभौमिक मूल्यहरूलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । । उनले विविधताभित्रको एकता नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै सबै धर्म, संस्कृति र समुदायबीच आपसी सद्भाव र सामाजिक ऐक्यबद्धता अझ मजबुत हुने अपेक्षा गरेका छन् ।
मुख्यमन्त्री आचार्यले क्रिसमस पर्वले समाजमा शान्ति, खुशी र सकारात्मक ऊर्जा फैलाओस् भन्ने पनि कामना गरेका छन् । साथै उनले समृद्ध लुम्बिनी र सुखी नागरिक निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।







प्रतिकृया दिनुहोस्