आज ‘विश्व ध्यान दिवस’, ठाउँठाउँमा ध्यान शिविर


भैरहवा– आज विश्व ध्यान दिवस । विभिन्न ठाउँमा ध्यान कार्यक्रम सम्पन्न भएका छन् भने केही ठाउँमा दिउँसो आयोजना हुँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउने गरिन्छ ।
नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसङ्घले ध्यान दिवसलाई मान्यता दिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।
ध्यान दिवसका अवसरमा द आर्ट अफ लिभिङ आश्रम भैरहवाले नेपाल नालन्दा आवासीय माविमा ध्यान शिविर आयोजना गरेको छ । त्यहाँ आयोजित शिविरमा एक हजार जना सहभागी हुने प्रशिक्षक मंगल भण्डारीले जानकारी दिए ।
यसैगरी दआर्ट अफ लिभिङको समन्वयमा कंचन गाउँपालिकाको आयोजना मा पनि ध्यान शिविर हुँदैछ छ । त्यहाँ करिब १० हजार विद्यार्थी, अभिभावक र सर्वसाधरण सभागी हुँदैछन् । यस्तै, त्यहाँ कर्मचारी, सुरक्षा निकाय पनि सहभागी हुने जनाइएको छ ।
गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउने तयारी गरिएको छ । यस्तै, जिल्लाजिल्लामा ध्यान शिविर हुँदैछन् ।








प्रतिकृया दिनुहोस्