एनपीएल विजेता लुम्बिनी लायन्सको ट्रफीसहित प्रदेशमा विजयोत्सव सुरु


भैरहवा– नेपाल प्रिमियर लिग (एनपीएल) विजेता लुम्बिनी लायन्सको ट्रफीसहितको विजयोत्सव सुरु भएको छ । लुम्बिनी लायन्सले शनिबार नेपालगंजबाट लुम्बिनी प्रदेशका जिल्लाहरुमा ट्रफीसहित विजय उत्सव सुरु गरेको हो । नेपालजंगमा बागेश्वरी मन्दिरमा पूजा गरेपछि स्थानीय एमपी स्कुलमा ट्रफी लगिएको थियो।कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टले स्वागत गर्दै क्रिकेटको विकासमा सक्दो सहयोग गर्ने बताए।
विजय उत्सव अन्तर्गत आज दाङको घोराही र तुलसीपुरमा उत्सव मनाइँदै छ । यस्तै, पुस ७ गते रुकुमकोट–खलंगा, ८ गते लिवाङ–लुलिचौर, ९ गते प्यूठानको भिङ्ग्री–स्वर्गद्वारीमा ट्रफी सहित विजय उत्सव गरिँदै छ । लुम्बिनी लायन्सका अनुसार पुस १० गते प्यूठानको विजुवार, बागदुला, खलंगा, चकचकेदरवाङ हुँदै दाङको देउखुरी आउने कार्यक्र तय भएको छ ।
पुस ११ गते चन्द्रौटा, कृष्णनगर र तौलिहवा, पुस १२ गते सुपादेउराली मन्दिर र सन्धिखर्क पुर्याइने लुम्बिनी लायन्सका ओनर ईश्वर जिसीले जानकारी दिए । यसैगरी पुस १३ गते गुल्मीको तम्घास, १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट र सुनवल हुँदै रुपन्देहीमा ट्रफीसहित विजय उत्सव गरिने छ । रुपन्देहीमा पुस १५ गते भैरहवा–लुम्बिनी र १६ गते बुटवलको ट्राफिक चोकमा सेलिब्रेसनसहित ट्रफीसहितको विजय उत्सव समापन गरिनेछ ।
आन्तरिक क्रिकेटको ठूलो धनराशीको प्रतियोगिता जितेको लुम्बिनी लायन्सले ट्रफी प्रदेशभरी घुमाउन लागेको हो । त्यसको सुरुवात नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको हो।








प्रतिकृया दिनुहोस्