June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

रास्वपाको प्रारम्भिक समानुपातिक उम्मेदवारमा रूपन्देहीका ७ जना

Advertisement

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुझाएको समानुपातिक प्रणालीतर्फको प्रारम्भिक उम्मेदवारको सूचीमा रुपन्देहीका ७ जना समेटेको छ । रास्वपाले आन्तरिक रुपमा छनोट गरेका उम्मेदवारको नामवली सार्वजनिक गरेको हो ।

Advertisement

पार्टीका अनुसार पहिलो चरणमा छनोट भएका उम्मेदवारसँग शनिवार सातै प्रदेशमा छलफल कार्यक्रम राखेको छ । उम्मेदवार रुपरेखा अनुसार पुस ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम हुने हुँदा सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ ।

प्रारम्भिक चरणको छनोटमा रुपन्देहीबाट संजीव भण्डारी, राजु कार्की, हरि श्रेष्ठ, ज्ञानु पौड्याल, पुनमकुमारी अग्रवाल, अमृता बिक, कल्पना पाण्डे, डा.श्रीबहादुर कुँवर र करिना कुँवर छन् ।

यी मध्ये पौड्याल र अग्रवाल यसअघि तय गरेर रद्ध भएको रुपन्देही–३, को उपनिर्वाचनका लागि उम्मेदवार आकांक्षी थिए । अहिले रास्वपाले रुपन्देही –३, का लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ डा. लेखजंग थापालाई उम्मेदवार बनाइसकेको छ ।