June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

उच्च अदालत बुटवलद्वारा रविलाई रिहा गर्न आदेश, जोशी भने थुनामै रहने

Advertisement

बुटवल– पुर्पक्षका लागि कारागारमा रहेका रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अदालतले रिहा गर्न आदेश दिएको छ । उच्च अदालत बुटवल इजलासले बिहीबार लामिछानेलाई रिहा गर्न हादेश दिएको हो ।

Advertisement

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दाको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् । अदालतको आदेशपछि लामिछाने अब रिहा हुनेछन् । उनी हाल काठमाडौंको नख्खु कारागारमा छन् । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

रविलाई धरौटीमा रिहा गर्न आदेश भए पनि छबिलाल जोशीको हकमा भने रिहाइको आदेश नभएको सूचना अधिकारी कुँवरले बताए ।