July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

कांग्रेस पाल्पाबाट प्रतिनिधि र राष्ट्रिय सभाका लागि २१ उम्मेदवार सिफारिस

Advertisement

पाल्पा– आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि पाल्पा काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यस्तै, माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

Advertisement

पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारीलाई सिफारिस गरिएको क्षेत्रीय सभापति झमनबहादुर मगरले बताए । क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि वीरबहादुर राना, हिमालदत्त श्रेष्ठ, मीना पन्थी, कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवर सिफारिस भएका छन् ।

यसैगरी, समानुपातिकतर्फ राजनप्रसाद पन्त, सुनिता अधिकारी, वसन्ती घिमिरे र जमिला मियाँ सिफारिस भएका छन् । राष्ट्रियसभाका लागि १० जनाको नाम सिफारिस भएको छ ।

पार्टीले हरिप्रसाद नेपाल, महेन्द्र पाण्डे, विधान श्रेष्ठ, यमलाल तिमिल्सिना, माधव नेपाल, देवराज ढकाल, दानबहादुर पछाई, शोभा शाक्य, शुक्रराज भण्डारी र अम्बिका पौडेललाई सिफारिस गरेको सभापति मगरले बताए ।