जिप दुर्घटनामा तीन जनाको मृत्यु


शुक्रवार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ ।
नवलपुरको अरुणखोला बाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको जिप मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४ च्युरीबासनजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा दुर्घटना भएको हो ।
लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा ब्याक भएर दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् ।
प्रारम्भिक विवरण अनुसार घाइतेमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको भएको छ । उनीहरुको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । जिप सडकबाट झण्डै एक किलोमिटर तल खसेको छ । घाइतेहरुलाई उद्धार गरी नवलपुर डण्डास्थित अस्पताल पठाइएको छ ।








प्रतिकृया दिनुहोस्