June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

प्रथम भैरव नकआउट फुटबल : ट्राइब्रेकरबाट सम्पूर्ण बिजयी

Advertisement

भैरहवा–सिद्धार्थनगर–१, पक्लिहवामा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’मा सम्पूर्ण युवा क्लव सुपौली, तिलोत्तमा फाइनलमा प्रवेश गरेको छ । पक्लिहवा माविको खेल मैदानमा मोन्सटर गाइन सुनवल, नवलपरासीसँग बुधवार भएको पहिलो सेमीफाइनलमा ट्राइब्रेकरको आधारमा सम्पूर्ण युवा क्लव ४–२ गोलले बिजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।

Advertisement

निर्धारित ७० मिनेटको खेलमा दुवै टिमले ३–३ गोल गरि बराबरीको अवस्थामा पुगेपछि ट्राइब्रेकरको आधारबाट खेललाई निर्णयक बनाइएको थियो । सम्पूर्ण टिमले एकगोल आत्मघातीको रुपमा बेहार्नु परेको थियो ।

खेल सुरु भएको ६ मिनेटमैं सम्पूर्णको तर्फबाट सुसाइट एक गोल बेहोर्नु परेको थियो । लगत्तै १६ मिनेटमा सम्पूर्णका किरण पुनले एक गोल गरेर खेललाई बराबरीको अवस्थामा पुर्याएका थिए । २० औं मिनेटमा सम्पूर्णका मयाङ थापाले पुन: अर्को गोल गरि खेललाई २–१ को अवस्थामा लगे । त्यसको लगत्तै एक मिनेट भित्रै मोन्सटरका समिर धमालले एक गोल गरेपछि खेल पुन: बराबरीमा पुगेको थियो ।

२३ औं मिनेटमा मोन्सटरका कप्तान सबि गुरुङले अर्को गोल गरेपछि खेल ३–१ गेलमा परिणत भयो । मध्यान्तर पछिको ४ मिनेटमा सम्पूर्णका सुजन ठकुरीले एक गोल गरेर खेललाई बराबरीमा पुर्याए । त्यसपछि दुवै टिमले कुनै गोल गर्न सकेनन् ।

ट्राइब्रेकरमा सम्पूर्णले ४ गोल गर्न सफल भयो । मोन्सटर भने २ गोलमात्र गरेर चित्त बुझाउनु पर्यो । सम्पूर्ण टिम प्रतियोगिताको उद्घाटनको दिन पनि आयोजक भैरव युवा क्लवलाई ट्राइब्रेकरको आधारमैं पराजित गरेको थियो । बुधवारको खेलमा सम्पूर्णको गोलकिपर सरोज पुन म्यान अफ द म्याच घोषित भइ पुरष्कृत भइ २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरे ।

बिहीवार भैरव युवा क्लव रामग्राम नवलपरासी र बुद्ध युवा क्लव ठुटीपिपल बिच दोस्रो सेमीफाइनल हुने जानकारी आयोजक भैरव युवा क्लब पक्लिहवा सिद्धार्थनगरका किसन थापाले दिए ।