गाँजासहित गौतमबुद्ध बिमानस्थलबाट भारतीय नागरिक पक्राउ


भैरहवा– थाइल्याण्डको बैंककबाट भैरहवा आएका एक भारतीय नागरिक लागु औषध गाँजासहित बुधवार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको लखनउ बस्ने २४ वर्षीय मोहम्मद फैज अन्सारी रहेका छन् ।
थाइल्याण्डको बैंककबाट एयर एशियाको उडान नम्बर एफडि १८४ बाट भैरहवा आएका अन्सारीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भित्रबाट पक्राउ गरिएको थियो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित लागु औषध नियन्त्रण व्युरोले कुकुरको सहयोगमा अन्सारीबाट १ हजार २ सय ९९ दशमलव ९५ ग्राम लागुऔषध गाँजा बरामद गरिएको जनाएको छ ।
उनले बोकेको कालो सुटकेश भित्र पाँवटा प्लाष्टिकले बेरेर उक्त परिमाणको गाँजा ल्याएका थिए ।
उक्त गाँजाको आधिकारीक पुष्टिका लागि परीक्षण गर्न प्रयोगशालामा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता तथा सूचना अधिकारी सुरज कार्कीले अन्सारीलाई हाल जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखि थप अनुशन्धान जारी राखिएको बताए ।








प्रतिकृया दिनुहोस्