बहुविवाहको आरोपमा डिएसपी नेपाल र असई पुरी प्रहरी नियन्त्रणमा


भैरहवा–बहुविवाहको उजुरी परेपछि नेपाल प्रहरीका डिएसपी मधु नेपाल र असइ गीता पुरी प्रहरीको नियन्त्रणमा छन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत डिएसपी नेपाल र बुटवल धागो कारखानास्थित नेपाल प्रहरी बिशेष सुरक्षा गणमा कार्यरत असइ पुरीलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अनुशन्धानका लागि नियन्त्रणमा राखेको हो ।
रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले उनीहरुमाथि बहुविवाहको उजुरी परेपछि नेपाल र पुरी बिरुद्ध पक्राउ पुर्जी जारी भएको र पक्राउ पुर्जी जारी भएपछि दुवैजना आफै प्रहरीको सम्पर्कमा आएको बताए ।
‘हिजो नेपाल आफै नेपाल प्रहरीको सम्पर्कमा आउनु भयो भने पुरी पनि आज आफै सम्पर्कमा आउनु भयो’, क्षेत्रीले भने, ‘उहाँहरु दुवैजना माथि थप छानबिन र अनुशन्धान जारी छ ।’ प्राप्त जानकारी अनुसार डिएसपी नेपाल र असइ पुरी बिरुद्ध वहुविवाहको आरोपमा डिएसपी नेपालको श्रीमती तारा नेपाल खनालले प्रहरीमा उजुरी दिएपछि उनीहरु बिरुद्ध सोमवार पक्राउ पुर्जी जारी भएको थियो ।








प्रतिकृया दिनुहोस्