June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

कपिलवस्तुका दुई क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस, एकमा विवाद

Advertisement

कपिलवस्तु– नेपाली कांग्रेस एकातिर प्रतिनिधिसभा पुनःस्थापनाका लागि अदालत गएको छ भने अर्कातिर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस पनि सुरु गरेको छ । कांग्रेस क्षेत्र नं. २, क्षेत्रीय समिति कपिलवस्तुले तौलिहवास्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले नाम सिफारिस गरेको हो ।

Advertisement

कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, गोपीकृष्ण शर्मा, विक्रमसिंह थापा र रविन्द्रनाथ ठाकुरको नाम सर्वसम्मतिले सिफारिस गरिएको क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए । समानुपातिकतर्फ मीना केसी, रिना नेपाल, माया ज्ञवाली र फागुप्रसाद धोबीको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यतर्फ जवाहरलाल थारु, रेश्मिराज अधिकारी र दीपेन्द्रनाथ शुक्लाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति श्रेष्ठले बताए ।

क्षेत्रीय समितिले सिफारिस गरिएको नाम जिल्ला र प्रदेश समितिलाई पठाइने क्षेत्रीय सभापति श्रेष्ठले बताए । यिनै नाममध्येबाट पार्टी उम्मेदवार बनाउने उनले बताए । सिफारिस गरिएका नाममध्ये ८० प्रतिशतभन्दा बढी पाका उमेरका छन् ।

क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार कानोडियाको एकल नाम सिफारिस भएको छ । उनले पूर्वमा जिल्ला विकास समिति उपसभापति, सांसद, प्रदेशसभा सदस्य र राज्य मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । समानुपातिक उम्मेदवारका लागि ब्रह्मानन्द उपाध्याय, अखिल मिया र तारा चौधरीको नाम जिल्ला कार्यसमितिमा पठाइने निर्णय भएको छ ।

क्षेत्र नं. १ मा भने बैठक स्थगित भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहको नाम प्रत्यक्षतर्फ सिफारिस हुन नसक्दा प्रभाव क्षेत्र नं. १ मा परेको छ । क्षेत्रीय सभापति अब्दुल मन्नान खानका अनुसार बुधबार बैठक बसेर टुंग्याइनेछ । संस्थापन इतर पक्षमा पनि विभाजन रहेको छ, क्षेत्रीय समितिमा पूर्वमन्त्री दीपकुमार उपाध्याय पक्षको बहुमत छ ।