June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

प्रथम भैरव नकआउट फुटबल : मोनस्टर गाइज बिजयी

Advertisement

भैरहवा– सिद्धार्थनगर–१, पक्लिहवामा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’ अन्तर्गत सोमबार भएको खेलमा मोनस्टर गाइज सुनवल, नवलपरासी बिजयी भएको छ । लिस्नु युवा क्लब कोटिहवा तिलोत्तमा रुपन्देही लाई २–० गोलको अन्तरले पराजित गर्दै मोनस्टर गाइज बिजयी भएको हो ।

Advertisement

पक्लिहवा माविको खेल मैदानमा भएको उक्त खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । लिस्नु क्लब पराजित भए पनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । मोनस्टर गाइजको तर्फबाट अन्तर्राष्ट्रिय खेलाडी बिमल घर्ती मगर समेत सहभागी थिए ।

खेल सुरु भएको १८ औं मिनेटमा मोनस्टर गाइजका तनिश गुरुङले पहिलो गोल गरेका थिए । मोनस्टर गाइजका निखिल पुनले मध्यान्तर पछिको १७ औं मिनेटमा एक गोल गरि आफ्नो टिमलाई २ गोलले अग्रता दिलाएका थिए ।

लिस्नुका खेलाडीले पटक–पटक गोलको प्रयास गरे पनि सफल हुन सकेन । गोलाका लागि प्रहार गरिएका तीनवटा उत्कृष्ट प्रहार गोलपोष्ट माथिबाट बाहिरिएको थियो । सोमवारको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका मोनस्टर गाइजका सरोज दर्लामी म्यान अफ द म्याच घोषित भई २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरे ।

मंगलबार फर्साटिकर युवा क्लब फर्साटिकर, शुद्धोधन, रुपन्देही र भैरहवा युवा क्लब, रामग्राम नवलपरासी बिच प्रतिष्पर्धा हुने जानकारी आयोजक भैरव युवा क्लब पक्लिहवा सिद्धार्थनगरका किसन थापाले दिए ।

पक्लिहवा माध्यामिक विद्यालय सिद्धार्थनगरका जेहेन्दार तथा बिपन्न विद्यार्थीहरुको सहयोगार्थ सञ्चालन गरिएको यस प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक सहित रुपन्देही र नवलपरासी गरि आठ वटा फुटबल टिमको सहभागिता छ ।