लुम्बिनी प्रदेशका आठ जिल्लामा २४ मतदानस्थल थप


भैरहवा– मतदाता धेरै भएका र मतदानका लागि टाढा जानु पर्ने स्थलहरुको पहिचान गर्दै आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् ।
प्रदेशमा रहेका १२ जिल्लामध्ये ७ वटा जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् । अर्घाखाँची, दाङ, गुल्मी, प्युठान, रुपन्देही, कपिलबस्तु, बाँके र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा मतदानस्थल थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।।
कुँवरका अनुसार थपिएका २४ मतदानस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँचीमा ७ वटा छन् । दाङमा ६ वटा, गुल्मीमा ४, प्यूठानमा ३, रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा १–१ वटा मतदानस्थल थपिएका छन् । नयाँ मतदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको संख्या १ हजार ६ सय ७४ र मतदान केन्द्रको संख्या ३ हजार ८ सय ३२ छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ स्थित सरस्वती मावि आमडाँडा, पाणिनी गाउँपालिका–३ को सरस्वती भवन राष्ट्रिय मावि हर्बाबोट, शितगंगा नगरपालिका–११ धर्मोदय मावि ढुंगेशेरा, वडा नम्बर ११ कै दुम्सी आधारभूत विद्यालय दुम्सी, ताराज्योति आधारभूत विद्यालय दोबाटा, शितगंगा नगरपालिका–१ को मसीवान आधारभूत विद्यालयमा नयाँ मतदानस्थल कायम गरिएको छ ।
दाङको बबई गाउँपालिका–१ को जनकल्याण भांगावारी, दंगीशरण गाउँपालिका–७ को रात्री आधारभूत विद्यालय सिमठाना, बंगलाचुली गाउँपालिका–३ को मावि भेडावारी मुलावासी, राजपुर गाउँपालिका–६ स्थित बालकल्याण मावि खङ्ग्रानाका, राप्ती गाउँपालिका–५ को जनता मावि करङ्गे र लमही नगरपालिका–४ स्थित वडा कार्यालय नयाँ मतदानस्थलका रुपमा थपिएका छन् ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका–१ को बलिथुम नरहरी कंडेल मावि, मुसिकोट नगरपालिका–१ को वडा कार्यालय सेवा केन्द्र सिम्ले, सत्यवती गाउँपालिका–६ को वडा कार्यालयमा थपिएको छ । भने, प्यूठानको ऐरावती गाउँपालिका–१ को जनप्रिय प्रावि माझीदमार, स्वर्गद्वारी नगरपालिका–६ को झुपाकोट प्रावि थापाखर्क थपिएका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ नविन औद्योगिक कदरबहादुर रीता मावि देवीनगर, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ को सरस्वती आधारभूत विद्यालय, बाँकेको राप्तीसोनारी गाउँपालिका–२ को नेपाल राष्ट्रिय मावि अगैँया र नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–४ को पाल्ही भगवती प्राविमा नयाँ मतदान थपिएको लुम्बिनीे छ ।
मतदाता बढी भएका क्षेत्र र मतदान गर्नका लागि टाढा जानुपर्ने ठाउँमा मतदाताको सहजताका लागि जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिस अनुसार निर्वाचन आयोगले नयाँ मतदानस्थल थप गरेको कुँवरले बताए ।








प्रतिकृया दिनुहोस्