June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

लुम्बिनी प्रदेशका जिल्लाबाट एमालेका को–को प्रतिनिधि चुनिए ?

Advertisement

भैरहवा– लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये केहीमा सर्वसम्मत र बाँकीमा चुनावी प्रतिस्पर्धाबाट नेकपा एमालेको एघारौं महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । एमाले केन्द्रीय सङ्गठन विभागले जारी गरेको सर्कुलर अनुसार लुम्बिनीबाट खुलातर्फ ८० जना, महिलातर्फ ५३, युवा तर्फ २६, दलित तर्फ १९, मजदुर तर्फ ७ र प्रदेश कमिटी तर्फ ५ जना गरी १ सय ९० जना प्रतिनिधि तोकिएको छ ।

Advertisement

रुपन्देही
रुपन्देही–१, बाट खुलातर्फ ध्रुवप्रसाद खरेल, यज्ञ गैरे र हिमाल पाण्डे, महिला तर्फ जगेश्वरी चौधरी र राधा शाही, युवातर्फ कृष्ण पौडेल प्रतिनिधि चयन भएका छन् । रुपन्देही–२, बाट खुल्लातर्फ बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई र कुमार थापा, महिलातर्फ ज्ञानु केसी, कल्पना थापा, बिमला श्रेष्ठ र युवातर्फ बालकृष्ण पाण्डे प्रतिनिधि निर्वाचित भएका छन् । यहाँ चुनावबाटप्रतिनिधि चयन गरिएको थियो ।

रुपन्देही–३, बाट राजेन्द्रप्रसाद पन्थी, अयोध्या थारू, नरबहादुर घर्ती, पम्फावती खनाल, ममता पौडेल, चक्रबहादुर थापा निर्विरोध भएका छन् । रुपन्देही–४, बाट कृष्ण भुसाल, मुस्लिम खान, सुनिता ठठेर र भगवानदास कुर्मी निर्वाचित भएका छन् । रुपन्देही–५, बाट खुलातर्फ कृष्ण घिमिरे, चेतनारायण न्यौपाने, अब्दुल रहमान, बिन्दु श्रीस र लेखनाथ खनाल निर्वाचित भएका छन् ।

जिफन्ट लुम्बिनी प्रदेशबाट खुलातर्फ हरिबहादुर कार्की, हुमाकान्त काफ्ले, सन्तोष केसी, हुमबहादुर क्षेत्री र महिला तर्फ रन्जु भट्टराई, सरस्वती सुवेदी र मङ्गला जैसी निर्वाचित भएका छन् ।

पश्चिम नवलपरासी
पश्चिम नवलपरासी–१ बाट दिपेन्द्रकुमार अधिकारी, हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) निर्वाचित भएका छन् । क्षेत्र नम्बर–२, बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, शान्ता भण्डारी, विनोद पुन (युवा) र तुल्सी प्रसाद पासी (उत्पीडित क्षेत्र) निर्वाचित भएका छन् ।

पाल्पा
पाल्पा–१ बाट खेम बहादुर सारु, नारायण आचार्य, दमन सिंह पाटा मगर, बिष्णु आचार्य, दुर्गा देवी राना, तिरण कुमारी श्रेष्ठ र सन्देश ढकाल (युवा) निर्वाचित भएका छन् । पाल्पा–२, बाट रामजी पोखरेल, ओम बहादुर घर्ती, धनेन्द्र राज घिमिरे, विष्णुबहादुर कार्की, नारायण जिसी, लालबहादुर दर्लामी, तुलबहादुर अधिकारी, श्रीकृष्ण पान्डे, चिरञ्जीवी पोखरेल, शोभाखर भट्टराई, दीपक विश्वकर्मा (युवा), रन्जिव कुवर र श्रीकृष्ण पोखरेल निर्वाचित भएका छन् ।

कपिलवस्तु
कपिलवस्तु–१, बाट डम्मर शर्मा, विश्राम प्रसाद चौधरी, बजरंगी कुर्मी चौधरी, शान्ता पान्डे, विमला चौधरी र टुकलाल गैरे (युवा) चयन भएका छन् । कपिलवस्तु–२, बाट बाबुराम खनाल, मैराज खाँ, शारदा शर्मा, सरिता आचार्य र देवीराम अर्याल (युवा) चयन भएका छन् । कपिलवस्तु–३, बाट अर्जुनकुमार केसी, गोपाल बहादुर थापामगर, गंगा घर्ती (महिला) र नारायण सापकोटा (युवा) निर्वाचित भएका छन् । दलितबाट सीबी गहतराज प्रतिनिधि निर्वाचित भएका छन् ।

अर्घाखाँची
अर्घाखाँचीमा खुल्लातर्फ पिताम्बर भुसाल, बसन्तकुमार श्रेष्ठ, शम्भुप्रसाद पोख्रेल, तेजप्रसाद खनाल र कमलप्रसाद घिमिरे चयन भएका छन् । खुलातर्फ दीपा आचार्य, विष्णुमाया आचार्य, लक्ष्मी गौतम र सुष्मा श्रेष्ठ निर्वाचित भएका छन् । युवातर्फ तेजबहादुर रायमाझी र दलित तर्फ लिलबहादुर बिक र आशा परियार निर्विरोध चयन भएका छन् ।

बाँके
बाँके–१, बाट बलराम भट्टराई, कुस्माखर बस्याल, बसन्ती अधिकारी, खेमराज शर्मा र सुधा चौधरी निर्वाचित भएका छन् । क्षेत्र नम्बर–२, बाट निरक गुरुङ, हलिम शाह, मोहित शाह र हिरा खराल निर्वाचित भएका छन् । बाँके–३, बाट रत्न खत्री, मानबहादुर रूचाल, एकमाया बिक, भूमिसरा धिताल, बिमल मल्ल र दलबहादुर सुनार निर्वाचित भएका छन् ।

बर्दिया
बर्दिया–१, बाट शालिकराम अधिकारी, लालबहादुर श्रेष्ठ, पदम ढकाल, अम्मरबहादुर खड्का, कृष्णा गुरुङ, नारायणी चौधरी, लक्ष्मी अधिकारी र रामकुमार चौधरी निर्वाचित भएका छन् । बर्दिया–२, बाट घननारायण श्रेष्ठ, दुर्गा वली, संगीता चौधरी, मेनका पोख्रेल र भरत धामी निर्वाचित भएका छन् । दलिततर्फ भुपेन्द्र सरला र विमला विक निर्वाचित भएका छन् ।

गुल्मी
गुल्मी–१, बाट बालसिंह काउछा, फर्सुराम पाण्डे, फर्सुराम ज्ञवाली, पिताम्बर अर्याल, राजमी ढकाल, शुशिला पुन, राधिका अर्याल, अञ्जु कँडेल खत्री र अर्जुन कनौजे निर्वाचित भएका छन् । गुल्मी–२, बाट हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लिलबहादुर बिष्ट, रितबहादुर थापा, ललित गौतम, कमला शर्मा, सरिता खड्का, माधव बिष्ट निर्वाचित भएका छन् । दलिततर्फ रिता रम्तेल, सुर्य सोनि र कृष्ण सुनार निर्वाचित भएका छन् ।

दाङ
दाङमा खुलातर्फ शिवकुमार आचार्य, सुदन केसी, देवबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी, राममणि पाण्डे, कुलबहादुर केसी र घनश्याम चौधरी छनोट भएका छन् । महिला तर्फ भने सीता चौधरी (क्षेत्र नं.१), लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई र सीता चौधरी (क्षेत्र नं २), रत्न तिवारी श्रेष्ठ, तुलसी डाँगी पोखरेल र रेखा केसी देवकोटा चयन भएकी छन् । दलित तर्फ भने मानबहादुर विक, निर्मला विक र टंक बहादर विक रहेका छन् ।

रुकुम पूर्व
रुकुम पूर्वबाट नन्दलाल शर्मा, बागलाल बुढामगर, भावना बुढाथोकी, ⁠गोपाल प्रसाद सुनार र लिलामणि गौतम (युवा) प्रतिनिधि चयन भएका छन् ।

रोल्पा
महाधिवेशनका लागि रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन भएका छन् । जसअनुसार खुलातर्फ शान्तकुमारी वली र बालाराम बुढा छन् । महिलातर्फ सावीत्रा कुमारी बुढा (घर्ती) र जगमती बस्नेत चयन भएका छन् । यस्तै युवातर्फ अमृत बहादुर बुढा र दलिततर्फ पहलबहादुर विक छनोट गरिएको निर्वाचन कमिटीले जनाएको छ ।