June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

लुम्बिनी महोत्सवमा आइतबारदेखि कुस्ती

Advertisement

भैरहवा- रुपन्देहीको भैरहवामा जारी सातौं लुम्बिनी महोत्सवमा साेमबार (मंसिर १४ गते) देखि कुस्ती प्रतियोगिता हुने भएको छ । कुस् १६ गतेसम्म तीन दिन सञ्चालन हुने आयोजक संस्था चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष राममिलन यादवले जानकारी दिए ।

Advertisement

यस क्षेत्रको रैथाने खेलको रुपमा परिचित कुस्तीको प्रवद्र्धनका लागि प्रत्येक महोत्सवमा कुस्ती आयोजना गरिँदै आएको छ । संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले खासगरी तराईमा लाेकप्रिय कुस्तीलाई मेलामा चर्चित पहलमान ल्याएर स्पर्धा गराइनेछ ।

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ मंसिर ३ गतेदेखि सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव चलिरहेको छ । मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ ।

चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले तीन दिनकाे कुस्तीले महाेत्सवकाे माहाेल थप राेमांचक बनाउने जनाए । महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्नुका साथै कुस्ती जस्ता खेलकाे प्रबर्द्धन गर्ने छ ।

मेलामा ३ सय वटा स्टल छन्य । सपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेल प्रदर्शन रहेको छ ।

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको दैनिक प्रस्तुती रहेको संस्थाका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले जनाए ।

सातौं लुम्बिनी महोत्सवमा करिब १ करोड खर्च हुने र करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको संस्थाको महासचिव लक्ष्मी अधिकारीले बताइन् । महोत्सवमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।

फाेटाे: फाइल फाेटाे