चुनाव गरेर निर्वाचित सरकारलाई नेतृत्व हस्तान्तरण गर्न आतुर छौंः गृहमन्त्री अर्याल


भैरहवा– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको अर्जुनदृष्टि निर्वाचन पूरा गर्नमा रहेको बताएका छन् । उनले चुनाव पूरा गरेर नयाँ निर्वाचित हुने सरकारलाई नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको जनाए ।
मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री अर्यालले भने, ‘विभिन्न बाहना देखाएर चुनाव हुँदैन भन्नेहरुलाई काम र भूमिकाबाट जवाफ दिनेछौं,’ उनले भने, ‘हाम्रा छोराछोरीले प्रश्न उठाइसकेपछि पनि सुधार नहुने हो भने मुलुकमा अर्को दुर्घटना हुनसक्छ ।’ त्यसैले निर्वाचनका विषयमा अभिव्यक्ति दिँदा गम्भीर हुन दलका नेताहरुसित उनले अनुरोध गरे ।
निर्वाचन पूरा गराउन रहेका चुनौंतीको विश्लेषण, चुनाव सम्पन्न गर्न देखिएका चुनौंती चिर्न आवश्यक रणनीति तय गर्न र निर्वाचनका लागि आवश्यक तयारी पूरा गर्न लुम्बिनी प्रदेशबाट सुरक्षा बैठक सुरु गरिएको जानकारी दिए । ‘लुम्बिनीबाट बैठक सुरु गर्नुको कारण बुद्धको शान्तिको सन्देश फिंजाउनु पनि हो,’ उनले भने, ‘शान्ति शु–व्यवस्था कायम गर्न र निर्वाचनको वातावरण बनाउन सरकारले सातैं प्रदेशमा सुरक्षा बैंठक गर्न लागेको छ ।’ यस्ता बैठकमा सुरक्षा चुनौंती विश्लेषण गरेर त्यही अनुसार सुरक्षा संयन्त्र तयार गरिने उनले बताए ।
बैठकमा सहभागी भएर कार्यस्थलमा फर्किएपछि सुरक्षा निकायले जनतालाई महशुष हुनेगरि सुरक्षा प्रत्याभूति गराउने, सामूहिक भावनाले काम गर्ने शैलीमा सुधार आउने, निष्पक्ष कार्यसम्पदान गर्ने विश्वास गृहमन्त्रायले गरेको छ । चुनाव सफलतापूर्वक सम्पन्न गर्न प्रदेशले पनि सुरक्षा योजना तयार गरेर अघि बढ्नुपर्नेमा गृहमन्त्रीले जोड दिए । दलहरुले जेन–जी आन्दोलनका क्रममा फरार कैदी र लुटिएका हतियारलाई ‘थ्रेट’का रुपमा प्रचार गरे पनि सरकारले त्यस्ता फरार व्यक्ति र हतियार नियन्त्रणमा क्रियाशीलता बढाएको उनले बताए ।
लुम्बिनी प्रदेशमा पनि अहिलेसम्म ७८ जना फरार व्यक्ति नियन्त्रणमा लिइएको उनले बताए । ‘हतियार खोज्नका लागि सुरक्षा निकाय परिचालन गरेका छौं,’ उनले भने, ‘प्रदेश सुरक्षा बैठकबाट थप प्रभावकारी योजना तयार गरिनेछ ।’ उनले यो सरकार विशुद्ध जेनजी मुभमेन्टबाट भनेको बताउँदै जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
अर्यालले राजस्व चुहावट रोक्नतर्फ ध्यान दिइने बताए । ‘राजस्व चुहावटका विषयमा मुख्यमन्त्रीले आवाज उठाउनुभयो’, उनले भने, ‘हामी यस विषयमा गम्भीर छौं । राजस्व चुहावट रोकिन्छ ।’ उनले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा सरकार लागिपरेको बताए । आगामी फागुन २१ गते तय निर्वाचनका लागि आवश्यक सुरक्ष्ाँ रणनीति तयार गर्न लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठक आयोजना गरिएको हो । बैठकमा गृहमन्त्री अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका मुख्यसचिव, गृह सचिव, नेपाल र सशस्त्र प्रहरीका संगठन प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, प्रदेशका १२ वटै जिल्ला सुरक्ष्ाँ समिति पदाधिकारीकोे सहभागिता छ । बैठकले तोकिएको मितिमा निर्वाचन गर्न सुरक्ष्ाँ चुनौंतीको विश्लेषण गर्दै सामाना गर्नका लागि आवश्यक रणनीति तयार गर्ने जनाइएको छ ।








प्रतिकृया दिनुहोस्