May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

कोरोनाबाट भारतमा हालसम्म करिब ५ लाख २४ हजारकाे मृत्यु

एजेन्सी- भारतमा हालसम्म ५ लाख २३ हजार ८८९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

Advertisement

केन्द्रीय स्वास्थ्य मन्त्रालयले काेराेना संक्रमितबाट मृत्यु हुनेकाे तथ्यांक दिएकाे हाे।

सन् २०२० मा कोरोनाका कारण १ लाख ४८ हजार जनाको मृत्यु भएको थियो भने २०२१ मा यो संख्या ३ लाख ३२ हजार थियो।

याे तथ्यांक बढ्नुमा महाराष्ट्र, बिहार, गुजरात, पश्चिम बंगाल, आन्ध्र प्रदेश, तमिलनाडु, कर्नाटक, मध्य प्रदेश, राजस्थान, असम र हरियाणा जस्ता राज्यहरू रहेका छन्।

भारतमा हालसम्म ६१.७६ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन्।

सन् २०१९ को तुलनामा सन् २०२० मा दर्ता भएका जन्म तथ्यांकमा पनि २.४ प्रतिशतले कमी आएको छ। सन् २०१९ मा जन्मेका मानिसको संख्या २ करोड ४८ लाख थियो, जुन २०२० मा घटेर २ करोड ४२ लाख पुगेको छ।