March 22, 2025, Saturday
२०८१ चैत्र १०

चीनमा १६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिए

चीनमा कोरोना भाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्र रुपमा वृद्धि भइरहेको छ ।

सोमबार चीनमा कुल १६ हजार ५ सय ९० नयाँ संक्रमित भेटिए जसमा १२ सय ३५ संक्रमितमा लक्षण पाइएको छ । यस्तै १५ हजार ३५५ मा कुनै पनि लक्षण देखिएको छैन ।

Advertisement

चीनको व्यवसायिक शहर शंघाईमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

त्यहाँको सरकारले वीच्याटको आधिकारिक अकाउन्टमार्फत् मंगलबार शंघाईमा १३ हजार ८६ नयाँ संक्रमितमा कुनै पनि लक्षण देखिएको जानकारी दिएको छ ।

यस्तै २६८ मा संक्रमणको लक्षण देखिएको छ ।