September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

भारतका चर्चित युवा कलाकार सिद्धार्थको निधन

भारतका चर्चित कलाकार सिद्धार्थ शुक्लाको हृदयघातको कारण निधन भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनको कोपर अस्पताल, जुहु मुम्बईमा बिहीबार निधन भएको हो। ४० वर्षका शुक्ला बिग बोस सिजन १३ को विजेता थिए।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई ‘म्यासिभ हार्ट अट्याक’ पछि अस्पताल ल्याइए पनि चिकित्सकले अस्पताल ल्याउनुअघि नै उनको निधन भइसकेको जानकारी दिएका थिए।

उनी चर्चित टेलि श्रृंखला ‘बालिका बधु’ का कलाकार हुन् । बलिउडका विभिन्न चलचित्रमा उनले अभिनय गरेका थिए।