रुपन्देहीको राेहिणी नदीमा बस खस्दा ९ जनाकाे मृत्युु


भैरहवा- रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्युु भएकाे छ । जनकपुरबाट भैरहवा आउँदै गर्दा बस विहान ४:२० बजे रुपन्देहीको राेहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ मा पर्ने बसन्तपुरस्थित पुलबाट राेहिणी नदीम खसेकाे थियाे ।
लु२ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा कयौं घाइते भएका छन् । बसमा ३२ जना सवार रहेकाे रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पाैडेलले बताए । घाइतेहरुकाे प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको छ । दुर्घटनामा २४ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।







प्रतिकृया दिनुहोस्