रुपन्देहीको राेहिणी नदीमा बस खस्याे


भैरहवा- रुपन्देहीमा बस दुर्घटना भएको छ । जनकपुरबाट भैरहवा आउँदै गर्दा आज विहान ४:३० बजे बस दुर्घटना भएको हो । लु२ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा कयौं घाइते भएका छन् ।
बसमा ३० देखि ३२ जना सवार रहेकाे जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस रुपन्देहीको राेहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ मा पर्ने बसन्तपुरमा पुलबाट राेहिणी नदीम खसेकाे हो । घाइतेहरुकाे प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको छ । घाइतेको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ । दुर्घटनामा केहीको मृत्युु भएकाे प्रहरीले जनाएकाे छ । मानवीय क्षति धेरै भएकाे प्रहरीले जनाएकाे छ । विस्तृत विवरण आउन बाँकी छ ।







प्रतिकृया दिनुहोस्