October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

पाकिस्तान शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । बिहीबार बिहानै बलुचिस्तान प्रान्त केन्द्रविन्दु भएर भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् ।

उद्धारकर्मीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा क्वेटा शहरमा मानिसहरु सडकमा निस्किएको देखिएको छ । ५.७ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक तथ्यांक छ ।

भूकम्पका कारण भत्किएको भवनमा च्यापिएर मानिसहरुको ज्यान गएको हो । भूकम्पमा परी अरु ५० जना भन्दा बढी घाइते भएको जिओ टेलिभिजनले जनाएको छ ।