April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

यी स्टार, विज्ञापनबाटै करोडौँ कमाउँछन्

बलिउड फिल्मका सेलिब्रेटी एक फिल्मका लागि करोडौँ पारिश्रमिक लिने गर्छन् । फिल्मको अलावा विज्ञापन पनि उनीहरूको आम्दानीको ठुलो श्रोत हुने गरेको छ । कहिले काहीँ त कलाकार फिल्मबाट भन्दा विज्ञापनबाट बढी कमाउँछन् । बलिउड कलाकार विज्ञापनमा कति लिन्छन् पारिश्रमिक ? जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

Advertisement

अमिताभ बच्चन  : बलिउडका महानायक अमिताभ बच्चन विज्ञापनबाट राम्रो आम्दानी गर्ने गर्दछन् । उनी एक विज्ञापनको ३ देखि ४ करोड लिने गर्दछन् ।

Advertisement

आमिर खान  : अभिनेता आमिर खान एक विज्ञापनका लागि २ देखि  ७ करोडसम्म लिने गर्दछन् । आमिर वीवो, कोका कोला लगायत थुप्रै विज्ञापनमा काम गरेका छन् ।

ऐश्वर्या राय  : पूर्व मिस वर्ल्ड तथा बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री ऐश्वर्या राय विज्ञापनका लागि राम्रो पारिश्रमिक लिन्छिन् । उनी एक विज्ञापनको लागि २ देखि ६ करोड प्रतिदिन हिसाबले पारिश्रमिक लिन्छिन् । उनी लक्स, गहना, कोका कोला लगायत कयौँ कम्पनीको विज्ञापन अभिनय गरेकी छन् ।

शाहरुख खान  : बलिउडका किंग खान शाहरुख फिल्म तथा विज्ञापनको माध्यमबाट धेरै कमाउने गर्दछन् । उद्योगका उनी आज पनि सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार हुन् । विज्ञापन सुटिङका लागि उनी एक दिनको ४ देखि १० करोडसम्म पारिश्रमिक लिन्छन् । 

सलमान खान  : सलमान खान फिल्म तथा टिभी शोमा देखिने गर्दछन् । विज्ञापन अभिनयबाट कमाउने मामलामा पनि उनी अगाडि छन् । उनी एक विज्ञापन सुटिङका लागि दैनिक ४ देखि १० करोड लिन्छन् ।

करिना कपुर खान  : बलिउडकी टप हिरोइनमा करीना कपुरको नाम पनि पर्ने गर्दछ । करिना कयौँ विज्ञापनमा पनि देखिने गर्दछिन् । उनी विज्ञापनका लागि एक दिनको ३ देखि ४ करोड पारिश्रमिक लिन्छिन् ।

अक्षय कुमार  : खेलाडी कुमार अक्षयको आम्दानी बलिउडमा सबैभन्दा राम्रो छ । उनी कयौँ ब्रान्डको विज्ञापनमा देखिने गर्दछन् । उनी एक विज्ञापन सुटिङका लागि ५ देखि १० करोड रुपैयाँ प्रतिदिन दिने गर्दछन् ।