August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

यामीमाथि पैसा हिनामिनाको आरोप

बलिउड अभिनेत्री यामी गौतम कानुनी झमेलामा फसेकी छिन् । उनी माथि रकम हिनामिना भएको आरोप लागेको छ । जसका कारण उनलाई इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले सूचना पठाउँदै आफ्नो वयान दर्ता गराउन बोलाएको छ । नवभारत टाइम्सका अनुसार ईडीले दोस्रोपटक उनलाई वयान दर्ता गराउन बोलाउँदै सूचना पठाएको हो ।
 
ईडीले उनलाई फोरियन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट (एफईएमए) अन्तर्गत सोधपुछ गर्न सूचना पठाएको हो । जसको अर्थ उनीमाथि विदेशी रकमलाई लिएर अनियमितताका लागि अनुसन्धान भइरहेको छ ।
 
यामीलाई जुलाई ७ मा पेश हुन आदेश दिइएको छ । अभिनेत्री गौतमको व्यक्तिगत बैंक खाताबाट मुद्रा लेनदेन गरेको देखिएको छ । जसको खबर उनले ईडीलाई दिएकी थिइनन् । अभिनेत्री यामी हालै निर्देशक आदित्य धरसँग वैवाहिक सबन्धनमा बाँधिएकी हुन् ।