वार्षिकोत्सवका अवसरमा होटल पौवामा ‘स्वाद उत्सव’ र लगानी सम्मेलन


भैरहवा– होटल पौवाले आफ्नो वार्षिकोत्सवका अवसरमा सबै शाखाहरुमा स्वाद उत्सव गर्ने भएको छ । नेपाली स्वाद, नेपाल आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा स्वाद उत्सव कार्यक्रम गर्न लागेको हो ।
होटल पौवा भैरहवा शाखाले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । शाखाका महाप्रबन्धक निशान्त खरेलले वार्षिकोत्सवलाई उत्सवका रुपमा मनाउन तीन दिन ‘स्वाद उत्सव’ आयोजना गरिएको बताए ।
उनका अनुसार यही चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
‘जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको खरेलले जनाए ।
यही चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम छ ।
उनका अनुसार बुधबार होटलका कर्मचारीसहित भैरहवामा र्याली गरिने छ । दिउँसो रक्तदान कार्यक्रम आयोजना गरिएको छ । २६, २७ र २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हरेक दिन दुई थरिका नेपाली खाना पाहुनालाई पस्किएर उत्सव मनाइनेछ । यसक्रममा खानाका थरिथरिका परिकार राखिए पनि हरेक दिन दुईथरिका फरक फरक खाना भने निःशुल्क उपलब्ध गराइनेछ ।
उत्सवका क्रममा देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको छ । पौवाको उत्कृष्ट आतिथ्यलाई स्वीकार गर्दै आमन्त्रित सबै महानुभावहरू उत्सवमा सहभागी हुने होटलको अपेक्षा छ । ‘रुपन्देहीको सालझण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका बिभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ । छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको छ’, खरेलले भने ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ । एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो ।
‘मिसन १००’ संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको महाप्रबन्धक खरेलल बताए । ‘मिसन १००’अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा उक्लिने दिशामा अघि बढ्ने योजना राखिएको होटलको भनाई छ ।
होटल पौवा सञ्जालमा हाल झण्डै एक हजार भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाएको छ ।
नेपाली कला संस्कृति र परम्परालाई बिबिध कार्यक्रमहरु मार्फत प्रबद्र्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि बिशेष कार्यक्रम गर्ने तयारी गरेको खरेलले जानकारी दिए । नयाँवर्षको स्वागतमा चैत्र ३० गतेको साँझ पौवाका अधिकांश शाखाहरुमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक कार्यक्रम सहित ‘शुभकामना साँझ—२०८३’आयोजना हुने उनले बताए ।
होटल पौवाले नेपाली मौलिक परम्परामा आधारित बिभिन्न जातीजनजातीका चाड तथा पर्वहरुमा बिशेष कार्यक्रम गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ । खरेलका अनुसार दशैंपछिको पूणर््ािीमाको सराय नाच, तिहारको देउसी भैला, माघीको खिचडी, महाशिवरात्री जस्ता पर्वहरुमा ग्राहकहरुको उपस्थितिमा पौवाका शाखाहरुमा बिशेष उत्सव हुने गरेको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा आयोजना हुने ‘स्वाद उत्सव’ कार्यक्रममा सहभागी भई नेपाली स्वाद र आतिथ्यको अनुभव लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई आमन्त्रण गरेको छ ।








प्रतिकृया दिनुहोस्