June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

आइएम ६ ब्राण्डको विद्युतीय गाडी भैरहवामा पनि विक्री सुरु

Advertisement

भैरहवा– नेपालका लागि मोरिस गराजेज (एमजी) को आधिकारिक बिक्रेता प्यारामाउण्ट मोटर्स प्रालिले भित्र्याएको आइएम ६ ब्राण्डको विद्युतीय गाडी भैरहवामा पनि विक्री सुरु भएको छ ।

Advertisement

मोरिस गराजेज कम्पनीको भैरहवास्थित आधिकारिक बिक्रेता थ्री एचएल कम्पनी प्रालिले उक्त ब्राण्डको गाडी सोमवार सार्वजनिक गर्दै बिक्री बितरणको सुुभारम्भ गरेको हो । साथै उक्त मोडलको गाडी थ्री एचएल कम्पनी प्रालिले बिक्रीका लागि बुकिङ्ग समेत सोमवारदेखि खुल्ला गरेको छ । पहिलो दिन दुईवटा गाडी विक्री भएको कम्पनीले जनाएको छ ।

आइएम ६ ब्राण्डको उक्त मोडलको बिद्युतीय गाडी गत साउन १५ गते प्यारामाउण्ट मोटर्स प्रालिले नेपालमा पहिलो पटक काठमाडौंमा सार्वजनिक गरेको थियो । यो ब्राण्डको गाडी आरामदायी, नवप्रबद्र्धन र लामो रेञ्जको क्षमताका साथ इन्टलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रुपमा रहेको दाबी गरिएको छ । थ्री एचएल कम्पनी प्रालिका अध्यक्ष हरिबहादुर थापाले यात्रुको सुरक्षा र प्रदूषणबाट बच्नका लागि इलेक्ट्रिक गाडीको बिकल्प नभएको बताए । मोरिस गराजेजको बिक्री थालेको बिगत दश बर्षको इतिहासमा कुनै पनि गुनासा नआएको बताउँदै मोरिस गराजेज कम्पनीका गाडीको पार्टपूर्जा पनि अब्बल रहेको बताए ।

‘नयाँ ब्राण्डका गाडी भित्र्याउनु र बिक्री गर्नु ठूलो कुरो होइन, ग्राहकको सन्तुष्टि ठूलो कुरा हो’, थापाले भने, ‘ढुक्क हुनुस्, मोरिस गराजेज कम्पनीका गाडीको स्पेयर पार्ट्स आवश्यक परेमा अन्य गाडीको झिकेर भए पनि उपलब्ध गराइने छ ।’

प्यारामाउण्ट मोटर्स प्रालिका बिक्री प्रबन्धक विपुल भट्टराईले आईएम ६ ब्राण्डको गाडीको विशेषताहरुका बारेमा जानकारी दिँदै जहाँ जसरी रोक्न खोजे पनि रोक्न सकिने र सानो ठाँउमा पनि सहजै घुमाउन सकिने बताए । आइएम ६ ब्राण्डको गाडीमा आइएम डिजिटल च्यासिस, एडभान्स एलेक्ट्रिफिकेशन, फ्युचरिस्टिक एआइ क्याबिन र अल्टिमेट सेफ्टी रहेको जनाए ।

७४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको यो गाडी एक पटक चार्ज गरेपछि ४ सय ५० किमी गुड्ने र उच्चतम स्पिड प्रतिघण्टा २ सय १० किमी रहेको जनाइएको छ ।