सुजुकी ‘सुभ भिक्टोरियाज’ गाडी सार्वजनिक, भैरहवामा विक्री सुरु


भैरहवा– नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटर कर्पले सबैभन्दा धेरै फिचर भएको नयाँ ब्राण्डको ‘सुभ भिक्टोरियाज’ गाडी सार्वजनिक गरेको छ । यससँगै भैरहवा क्षेत्रमा उक्त गाडी विक्री सुरु समेत भएको छ ।
भैरहवा क्षेत्रका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता पाठक मोटर ग्रुप प्रालिले बिहीवार भैरहवामा पनि उक्त ब्राण्डको गाडी सार्वजनिक गरेको हो । पाठक मोटर ग्रुप प्रालिका निर्देशक बाबुराम पाठक, लुम्बिनी प्रेस क्लब्का अध्यक्ष कमल रायमाझी, सीजी मोटर कर्पका डिलर इन्चार्ज आदर्श भण्डारी र अजय तिमिल्सिनाले संयुक्त रुपमा नयाँ गाडी सार्वजनिक गरेका हुन् ।
नयाँ भिक्टोरियाज गाडीमा स्ट्रोङ हाइब्रिड र १ दशमलव ५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इञ्जिनका बिकल्प रहेको र यो गाडी म्यानुअल र अटोमेटिक बिकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
गाडी लन्चिङको अवसरमा सुभ भिक्टोरियाज गाडीको अफर चलेको र यसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । लन्चिङ अफर अन्तर्गत २ लाख रुपैयाँसम्मको एकसचेन्ज बोनस उपलब्ध हुनेछ । यो सुविधा पहिलो ५० गाडी बुकिङका लागि उपलब्ध गराइने सीजी मोटर कर्पले जनाएको छ ।
सीजी मोटरकर्पका डिलर इन्चार्ज आदर्श भण्डारीले सुरक्षा र आरामदायीको हिसावले सुभ भिक्टोरियाज गाडी उच्चतम प्रविधिको रहेको बताए । उनका अनुसार, यो गाडीको माइलेज २१ किमी भन्दा धेरै छ । सडकमा अगाडिको गाडीको स्पिड अनुरुप यसले आफ्नो स्पिड नियन्त्रणमा राख्छ ।
‘अगाडिको गाडी तिब्र गतीमा चले यो पनी तिब्र गतीमा र कम गतीमा चले कम गतीमैं चल्ने गर्छ । अगाडिको गाडी रोकिएमा यो पनी रोकिन्छ’, भण्डारीले भने, ‘धेरै ओरालोमा यो गाडीले आफै ब्रेक समात्ने भएकाले ब्रेक धेरै दवाउनु पर्दैन ।’ गाडीले भित्र हावा शुद्धिकरण गरेर पठाउने भएकाले प्रदूषण नहुने र पार्किङ गरेको स्थानमा १५ सेकेण्ड देखि १ मिनेटसम्म बत्ति बल्ने गर्छ ।
गाडी लन्चिङ समारोहमा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष रायमाझीले नयाँ गाडीले सबैको मन जित्ने विश्वास गरे । उनले प्रतिस्पर्धी बजारमा सेवासुविधा र ग्राहकको मन जित्नेको नै व्यापार बृद्धि हुने बताउँदै यसका लागि सुजुकीले त्यो भूमिका खेल्ने जनाए ।
पाठक मोटरका निर्देशक बाबुराम पाठक र भैरहवा प्रबन्धक सुर्जुना थैवले नेपाल बजारमा भित्रिएको यो गाडी आरामदायी, भरपर्दो र प्रविधियुक्त रहेको जनाए । उनीहरु ग्राहकको मन जित्नेमा आफूहरु विश्वस्त रहेको सुनाए ।
गाडीमा ६ वटा एयरव्याग, स्वचालित इमर्जेन्सी ब्रेक, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, ११ वटा फरक दृष्य देखाउने हाइ–डेफिनिसन क्यामेरा र टायर प्रेसर मोनोटरिङ सिस्टम, सवै पाँग्रामा डिस्क ब्रेक, बिद्युतीय स्टेबिलिटी प्रोगाम, हिल होल्ड कन्ट्रोल, रिभर्स पार्किङ सेन्सर लगायतका अत्याधुनिक प्रबिधिका विशेषता उपलब्ध छन् ।








प्रतिकृया दिनुहोस्