June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

नक्कली शैक्षिक प्रमाणपत्रकाे आराेपमा रूपन्देहीबाट सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

भैरहवा-  प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आराेपमा ६ जना बैंकका कर्मचारीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्ने सबै प्राइभेट बैंकका कर्मचारी हुन् ।

Advertisement

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिटिजन्स बैंक लिमिटेडको रुपन्देहीका विभित्र शाखामा कार्यरत कर्मचारी छन् । उनीहरुले बैंकमा जागिर खान नक्कली प्रमाणपत्र पेस गरेकाे प्रहरी दावी छ ।

Advertisement

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमाेध ढुंगेलले बैंककाे बुटवल शाखामा कार्यरत मनीष मास्के र खिमानन्द गौतम, मणिग्राम शाखामा कार्यरत गोमा ज्ञवाली, बुटवलकै कालिकानगर शाखामा कार्यरत कल्पना खत्री र प्रतीक्षा रेग्मी तथा मुद्दा शाखाका दीपक विष्टलाई पक्राउ गरिएको जानकारी दिए ।

ढुंगेलले नक्कली प्रमाणपत्र छानिबन गरिरहेको काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई रुपन्देहीबाट प्रक्राउ गरेको बताए ।

स्राेतका अनुसार उनीहरुले बैंकमा जागिर खादा नक्कली प्रमाणपत्र पेस गरेकाे भन्दै उजुरी परेकाे थियाे । उजुरी पछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हाे ।

प्रहरी प्रवक्ता एसपी ढुंगेलले नक्कली शैक्षिक प्रमाणपत्रको बारेमा ६ जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरिसकेकाे जनाए  । अनुसन्धान पछि वास्तविक तथ्य बाहिर आउने उनले बताए ।