July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

डेडिकेडेट फिडर र ट्रंकलाइन महशुल बिरुद्ध उद्योगीद्वारा आन्दोलन घोषणा

Advertisement

भैरहवा–लामो समयदेखि माग नगरेरै डेडिकेडेड फिडर र ट्रंकलाइन वापतको महशुल बुझाउनु परेको दाबी गर्दै आएका रुपन्देहीका व्यावसायिक संघसंस्था र उद्योगीले आन्दोलनको घोषणा गरेका छन् ।

Advertisement

सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यालयमा बुधबार भएको छलफलपछि उद्योगी र व्यावसायिक संघसंस्थाले विद्युत प्राधिकरण अगाडि बिहीबार प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघमा भएको छलफलमा सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, जिफन्ट लगायत संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष नेत्रप्रसाद आचार्यले उद्योगी र संघसंस्थाका प्रतिनिधिबीच भएको छलफलपछि बिहीबार विद्युत प्राधिकरण कार्यालय अगाडि एक घण्टा धर्ना र प्रदर्शन गर्ने निर्णय भएको जनाए । धर्नामा बन्द उद्योग सञ्चालक, मजदूर र व्यावसायिक संघसंस्थाका प्रतिनिधि सहभागी हुने उनले बताए । बिहीबारको धर्ना र प्रदर्शनपछि बा“कि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अध्यक्ष आचार्यले जानकारी दिए ।

जेन–जी आन्दोलनपछि गठन भएको सरकारका उर्जामन्त्री घिसिङले आफ्नो पहिलो निर्णय स्वरुप डेडिकेडेड फिडर र ट्रंकलाइन वापतको महशुल अशुलउपर गर्ने निर्णयगरेपछि उद्योगी दबाबमा परेका थिए । उक्त निर्णयपछि महशुल चुक्ता नगरेको भन्दैं प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका दुई दर्जन उद्योग बन्द छन् ।

पञ्चकन्या समुहका महाप्रवन्धक देवेन्द्र साहुले प्रमाण दिन नसक्ने प्राधिकरण पहिलो किस्ता तिरेर भएपनि आफ्नो इज्जत जोगाइदिनुस भनिरहेको बताए । प्राधिकरणले लाइन काटिसकेको अवस्थामा वर्षौ उद्यँेग बन्द गरेर बस्न नसकिने हु“दा सरकारले छिटो न्याय प्रदान गर्नुपर्ने उनले बताए । विद्युत लाइन काटिएर बजार गुमाउनु परेपछि केही उद्योगले प्राधिकरणलाई पहिलो किस्ता बुझाएका छन् ।

भैरहवा–लुम्बिनी कोरिडर अन्तर्गत रहेको जगदम्बा सिन्थेटिक प्रालिका महाप्रवन्धक रत्न आचार्यले प्राधिकरणले ट्रंकलाइन माग गरेको प्रमाण नदिएसम्म महशुल चुक्ता नगर्ने बताए । जगदम्बा सिन्थेटिकमा अहिले ६ सय कर्मचारी कार्यरत छन् । प्राधिकरणको अन्याय बिरुद्ध सबै कर्मचारी सडकमा उत्रिन तयार रहेको उनले बताए । डेडिकेटेड फिडर र टं«कलाइन माग गरेका उद्योगलाई छुट दिन जरुरी नभएपनि माग नगरेरै अन्यायमा परेका उद्योगीको पीडा सुनिनुपर्ने उनले बताए ।

उद्योग वाणिज्य संघ बुटवलका उद्योग उपाध्यक्ष सुरज भट्टराईले डेडिकेटेड फिडर र टं«कलाइन माग गरेका उद्योगले महशुल चुक्ता गर्नुपर्ने बताए । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र खडकाले दीर्घकालसम्म उद्योग बन्द कल्पना गर्न नसकिने भएकाले काठमाण्डौंमै पुगेर भएपनि माग सम्बोधनकालागि दबाब दिनुपर्नेमा जोड दिए ।

उद्योगी बाबुराम बोहराले अहिलेको अवस्थामा उद्योगी धेरै सहन सक्ने अवस्थामा नरहेको बताए । उर्जामन्त्री भएपपछि कुलमान घिसिङले उद्योगिसित प्रतिसोध सा“ध्नु छाडनु भएन, यो आपत्तिजनक भएको बोहोराले बताए ।

जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले बन्द उद्योग सञ्चालनकालागि कुन–कुन निकायसम्म धाउनुपर्छ आफू तयार रहेको बताए । उद्योग सञ्चालनकालागि हुने आन्दोलनमा दल, संगठन नभनेर मजदूर उत्रिन तयार रहेको बताए ।