July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

वार्ता र संवादको माध्यम अपनाउन मुख्यमन्त्री आचार्यको आग्रह

Advertisement

भैरहवा–डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बिद्युत महशुलको बिषयका वारेमा व्यवसायी र नेपाल बिद्युत प्राधिकरण बिचको बिबाद समाधानका लागी लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले वार्ता र संवादको माध्यम अपनाउन आग्रह गरेका छन् ।

Advertisement

डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बिद्युत महशुल बक्यौता रहेको भन्दै प्राधिकरणले धमाधम उद्योगको लाइन काटेपछी धेरै व्यवसायीले उद्योग बन्द गरी कर्मचारीलाई कटौती गर्दै बिदा दिन थालेको अहिलेको परिवेशमा समाधानका लागी मुख्यमन्त्री आचार्यले यस खालको आग्रह गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योगहरू बन्द हुन पुगेका, सयौं श्रमिकहरू रोजगारीविहीन बनेको र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएका छन् ।

सङ्घीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबिच संवाद र सहकार्यको माध्यमबाट दीर्घकालीन समाधान खोज्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिएका छन् ।
उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्ने भनाइ उनको छ ।

विज्ञप्तिमा, उद्योग व्यवसायको प्रवद्र्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि लुम्बिनी प्रदेश सरकार निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।